देशका बिभिन्न स्थानमा सरकार विरुध्द उत्रिए युवा

0
270

काठमाडौं, जेठ २९ । सरकारले भारत अतिक्रमित भुभाग समेटेर नया नक्शा सार्बजनिक गरे लगत्तै संविधान संशोधनको प्रक्रिया शुरु गरेकैबेला कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै सरकार विरुध्द प्रदर्शन शुरु गरिएको छ । कोरोना महामारिसंग देस जुधरहेका बेला धमिलो पानिमा माछा मार्न चाहने तत्वहरु यतिबेला कृयाशील हुनथालेको संकेत मिल्न थालेको  । देशका बिभिन्न भागमा युवाहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । कोरोना सक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै सैयौं युवाहरु देसका बिभिन्न शहरमा सडकमा उत्रिएका छन । आज काठमाण्डौ, पोखरा, प्रदेश दुईको अस्थायी सदरमुकाम जनकपुर लगायतका स्थानहरुमा युवाहरुले विरोध प्रदर्शनको आयोजना गरेका छन् ।

सरकारविरुद्ध प्रदर्शन गर्न बिहीबार जम्मा भएका प्रदर्शनकारीहरुले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको, सरकारले गर्दै आएको आरडीटी परिक्षण रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने लगायतका माग राखेका थिए । विभिन्न नारा अंकित प्ले कार्ड सहित सडकमा उत्रिएका युवाहरुको विरोध दबाउन प्रहरीले बल प्रयोग समेत गरेको थियो ।

राजधानी काठमान्डौ स्थीत प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा आयोजित विरोध प्रदर्शन तितरवितर पार्न शुरुमा प्रहरीले पानीको फोहोराको प्रयोग गरेको थियो । तर त्यसबाट पनि स्थिती नियन्त्रण आउन नसकेपछि प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार बालुवाटारबाट केही युवाहरुलाई नियन्त्रणमा लिईएको छ ।

जनकपुरमा पनि प्रदर्शन

देस महामारीको चपेटामा परेका बेला पनि सरकारमा रहेकाहरु भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदेश नम्बर २ को विभिन्न स्थानमा सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

सामाजिक दुरी कायम गर्दै जनकपुरको जनक चोकमा जम्मा भएका यूवाहरुले तीन वटै तहका सरकार बिरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा युवाहरुले ‘जनतालाई छैन सरकारको आशा, सरकारलाई चाहियो जनताको लाश, कार्पेट हैन सोच बदलौँ, पैसा छैन गोजीमा सरकार करको खोजीमा’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

यस्तै महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले स्थानीय काँग्रेसका नेता बजरंग नेपालीको नेतृत्वमा आधा घण्टा सरकारविरुद्व मौन धर्नाको आयोजना गरेका थिए ।  महोत्तरी काँग्रेसले देशमा रहेका तीनै तहका सरकारले कोरोनाबाट नागरिकलाई जोगाउनका लागि ठोस निती अवलम्वन नगरेको भन्दै विहीबार बिहान जलेश्वरमा धर्ना को आयोजना गरेको थियो ।

यसैगरि आजै बाराको फेटामा पनि स्थानीय य्वाहरुले विरोध प्रदर्शनको आयोजना गरेकाछन् । विरोधमा उत्रिएका उनिहरुले कम्तीमा एक घर एक पीसीआर टेस्टको माग गरेका छन् ।

पोखरामा पनि उस्तै

महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब अनुसार काम नभएको, केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै पोखरेली युवाहरु पनि आज विरोधमा उत्रिएका थिए । स्वतन्त्र पोखरेली युवाहरू नाम दिएर विरेध प्रदर्शनको आयोजना गरिउको थियो ।  प्रदर्शनमा लकडाउन सुरु भएयता पहिलो पटक ठुलो संख्यामा भेला भएका युवाहरुले झण्डै एक घण्टा माक्स लागएर, सामाजिक दूरी कायम गर्दै सरकार विरुध्द मौन प्रदर्शन गरेका थिए ।

कास्की जिल्ला प्रशासन कार्यालय गेट, शहीदचोक, गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि, राष्ट्रबैंकचोक, रत्नचोक लगायतका क्षेत्र बिभिन्न नारा लेखिएका प्ले कार्ड सहितका प्रदर्शनकारीको भीडले ढाकिएको थियो । मौन प्रदर्शन लगत्तै प्रदर्शनकारीहरूले सरकार विरुद्ध चर्का नारा लगाउन थालेपछि भने प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको थियो । भीड तितर वितर पार्ने क्रममा केही बेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले प्रदर्शनमा उत्रिएका केही युवाहरुलाई गिरफ्तार समेत गरेको छ ।

गृह मन्त्रालयको चेतावनी

लकडाउनलाई बहाना बनाएर एकाएक सरकार विरुध्द प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले लक डाउन उल्लंघन गरि सभामा सहभागी भएमा प्रचलित कानुन अनुसार कारवाही हुने चेतावनी गृह मन्त्रालयले दिएको छ । मन्त्रालयले, लकडाउनका लागि जारी गरिएका मापदण्ड सुनियोजित रुपमै उल्लंघन हुने भन्दै त्यस्ता काम कारवाहीमा संलग्न हुनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले  दिएको छ। मन्त्रालयले आजै जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चि स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘ बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गर्दै अगाडि भनेको छ,‘नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here