बिश्वबैंकको दावीः दोस्रो विश्वयुद्धपछिकै ठूलो आर्थिक मन्दी

0
336

विश्व बैंकले यो वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले खुम्चने आंकलन गरेको छ। बहुपक्षीय ऋणदाता बैंले कोरोनाको विश्व ब्यापी त्रासदीका कारण सिर्जना भएको यो मन्दीलाई उसले दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक ठूलो आर्थिक मन्दी भएको बताएको छ ।
हालै मात्र बैंकले सार्र्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स २०२० मा, कोरोनाभाइरसको महामारी यो जूनसम्ममा अन्त्य नभए सन् २०२० मा विश्व अर्थव्यवस्था ८ प्रतिशतसम्मले ऋणात्मक हुनसक्ने उल्लेख छ। त्यस्तै, उसले अर्थव्यवस्थाको ठूलो हिस्सामा सन् १८७० पछिकै प्रतिव्यक्ति उत्पादनमा गिरावट आएको उल्लेख गरेको छ।
आन्तरिक माग र आपूर्ति तथा व्यापार र वित्त क्षेत्रमा ठूलो अवरोध पुगेका कारण विकसित देशको अर्थतन्त्र सन् २०२० मा ७ प्रतिशतले घट्ने अनुमान बैंकले गरेको छ । बैंकका अनुसार,मध्यम आय भएका विकासशील र विकासोन्मुख देशहरुको कुल गार्हस्थ्य उत्पादन २.५ प्रतिशतले घट्ने छ। यो समूहका देशहरुको अर्थव्यवस्था घट्न लागेको ६० वर्षपछि यो पहिलो पटक हो।
बैंकका अनुसार,प्रतिव्यक्ति आय ३.६ प्रतिशतले घट्ने, जसका कारण दशौं लाख नागरिक गरीबीको रेखामुनि धकेलिने छ। बैंकले,दक्षिण एशियाको अर्थतन्त्र यो वर्ष २.७ प्रतिशतले घट्ने आंकलन गरेको छ । रेमिटेन्सबाट हुने आय घट्ने तथा व्यापार र अर्थतन्त्रका गतिविधिमा अवरोध पुगेकाले नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा १.८ प्रतिशतले मात्रै बढ्ने अनुमान बैंकको छ । यता नेपाल सरकारले भने चालु आर्थिक वर्ष २०७६र७७ मा २.३ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेको छ।
कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित देशका अर्थतन्त्रमा गम्भीर असर पुगेको छ। खासगरी, विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा निर्भर देशहरुको अर्थतन्त्रमा गम्भीर अप्ठ्यारो निम्तिएको विश्व बैंकले जनाएको छ। बैंकले महामारीको असर लामो समय रहने र यसले विश्व अर्थतन्त्रमा चुनौती थपिरहने आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । बैंकले महामारीको असर चाँडै सकिए सन् २०२१ मा विश्व अर्थतन्त्र ४.२ प्रतिशतले बढ्ने पनि आकलन गरेको छ। यद्यपि, यो महामारीको असर कहिले सकिन्छ भन्नेमा भर पर्ने जनाइएको छ। विश्व बैंकले स्थिति खराब हुँदै गए सन् २०२० मा विश्व अर्थतन्त्र ८ प्रतिशतले ऋणात्मक हुनसक्ने र सन् २०२१ मा १ प्रतिशतले मात्रै बढ्नसक्ने सम्भावना पनि देखाएको छ।
बैंकका अनुसार, अमेरिकाको अर्थव्यवस्था सन् २०२० मा ७.९ प्रतिशतले घट्दा चीनको अर्थतन्त्र भने ४.९ प्रतिशतले मात्रै घट्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here