देशको आर्थिक वृध्दि दर २.३ % मा सिमित

0
315

चालु आर्थिक वर्षमा कुल सरकारी खर्च गत आबको तुलनामा बढ्ने देखिएको छ ।  चालु आ.ब.को पहिलो ८ महिना अवधिमा कुल सरकारी खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ६८ करोड पुगेको तथ्यांकलाई हेर्दा सरकारी खर्चमा बृध्दि हुने अनुमान गरिएको हो । यो अवधीमा भएको सरकारी खर्चमध्ये चालुखर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पुँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्थातर्फ ६३ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले आज संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६।७७ को आर्थिक सर्वेक्षणले सरकारी खर्चमा बृध्दि आएको पुष्टि गरेको छ ।   मन्त्री खतिवडाले, मुलुकको आर्थिक गतिविधि समग्र आर्थिक स्थिति, आर्थिक सूचक परिसूचकहरुको अवस्था र विश्लेषणसमेत समावेश गरी तयार गरिएको आर्थिक वर्ष २०७६।७७ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेका हुन्।

मुलुकमा कोरोना संक्रमण फैलनु अघि मुलुकको अर्थतन्त्र र व्यापारीक क्रियाकलापहरु सन्तोषजनक रहेको अर्थ मन्त्री खतिवडनले संसद समक्ष आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा बताएका हुन । मन्त्री खतिवडाले,  मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकुल हुँदै गएको समेत दावि गरेकाछन् । चालु आ ब को फागुनसम्म मुलुकको अर्थतन्त्र र आर्थिक क्रियाकलापमा तीव्रता आए पनि कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको र त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्न गएकाले चालु आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चने बताएका छन्।

यस्तै मन्त्री खतिवडाले कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि चालिएका कदमहरुबाट सार्वजनिक एजं निजी क्षेत्रको खर्चमा आएको संकुचनले चालु आर्थिक वर्षको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ बराबर पुगेको उल्लेख गरेका छन् । आर्थिक वर्ष २०७४।७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबीमा रहेको जनसंख्यामा कमी आई  २०७६।७७ मा १६ दशमलव ६७ प्रतिशतमा रहने अनुमान सर्वेक्षणमा गरिएको छ । यसैगरि सर्वेक्षणमा, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ (१ हजार ८५) अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा कुल उपभोग र कुल ग्राहस्थ बचत कुल ग्राहस्थ उत्पादनको अनुपातमा क्रमशः ८१ दशमलव ९ र १८ दशमलव १ प्रतिशत रहने अनुमान गरिएका छ। यो अवधीमा निकासीमा भएको वृद्धि र आयातमा भएको कमिका कारण व्यापार घाटामा कमि आएकाले शोधनान्तर स्थिति बचतोन्मुख रहेको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा उपभोक्ता औसत मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत रहेको थियो ।

RukumGhatana-Nabaraj Bk | Susma Thakuri -रुकुम हत्याकाण्ड घटनाले उब्जाएको ३ प्रश्न | Nepali Congress

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here