सीमा संरक्षणमा सरकारलाई साथ

0
534

भारतले नेपालको पश्चिमी सीमाना लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरि सडक निर्माण शुरु गरेको समाचार सार्वजनिक भए लगत्तै त्यसको विरोधमा काठमाण्डौमा तब्रि प्रतिकृया देखा परेको छ । सीमा अतिक्रमण समबन्धि यो विवादलाई लिएर नेपाल सरकारले भारत समक्ष आफ्नो असहमती समेत प्रकट गरिसकेको छ । नेपालले जनाएको असन्तुष्टिलाई भारतीय पक्षले सम्बोधन नगरेकै कारण यतिबेला राजधानी काठमाण्डौमा सिमित रहेको विरोध कार्यक्रम देशका बिभिन्न शहरमा फैलिन शुरु भएको छ ।

सरकारले आफ्नो वास्तविक सीमाना दर्शाउने नेपालको नयाँ नक्शा गत सोमबार मात्रै स्विकृत गरेको छ । योसँगै सरकारलाई जनस्तरबाटै पनि सहयोग र साथ मिल्न थालेको छ । सोमबार सर्लाही जिल्लाका राजनैतिक कर्मीहरुले प्रधानमन्त्री के पि शर्मा ओली समक्ष नेपालको सीमा संरक्षण गर्न भन्दै ज्ञापन पत्र नै बुझाएकाछन् । नेपाली काँग्रेस सर्लाही जिल्ला समितीका तर्फबाट बुझाईएको उक्त ज्ञापन पत्र सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जि.सी. मार्फत प्रधान मन्त्रीलाई बुझार्ईएको हो ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद लक्ष्मण राय र रामचन्द्र चौधरी, पुर्व जिल्ला सभापती सत्यदेव सिंह, जिल्ला उपसभापती रामबली यादव लगायतका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला उपसभापती रामबली रायले ज्ञापनपत्र पढेर सुनाएका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here