सेना परिचालन गर्ने बिषयमा राष्ट्रपती र प्रधानमन्त्री बिच वार्ता

0
448


काठमाण्डौ, जेठ २१ । नेपालमा कोरोना संक्रमण चुनौतीका रुपमा देखिएसँगै सिर्जना हुने स्थितीलाई सहज बनाउने बिषयमका केन्द्रित भएर आज राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली बिच भेटवार्ता सम्पन्न भएको छ । वार्ता कोरोनाको संक्रमणकै अबस्थामा सहजीकरणका लागी सेना परिचालन गर्ने बिषयमा केन्द्रित रहेको बालुवाटार श्रोतले जनाएको छ ।
सेना परिचालन गर्ने बिषयमा यस अघि सम्पन्न सुरक्षा परिषदको बैठक र त्यस लगत्तै बसेको मन्त्रि परिषदको बैठकमा समेत छलफल भएको थियो । सरकारलाई विदेशमा रहेका नेपालीहरुलाई सवदेश भित्र्याउनका लागी दवाव बढी रहेको सन्दर्भमा यसरी विदेशबाट ल्याईने नेपालीको ब्यवस्थापन र देश भरि रहेका क्वारेण्टाईनको समेत ब्यवस्थापन कार्यमा सेनाको उपोग गर्ने सोच सरकारको रहेको छ । यस अघि नै सुदुर पशिचम प्रदेश सरकारदे कञ्चनपुरमा रहेका क्वारेण्टाईनको ब्यवस्थापन सेनाबाटै गराउँदै आएको छ ।
नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा (६) ले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने ब्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here