लद्दाखको भिडन्तमा तिन भारतीय सैनिक मारिए

0
268

नयाँ दिल्ली, एजेंसी । भारत र चीनबीचको सीमा विवादले हिंसात्मक मोड लिने संकेत देखाएको छ । लद्दाखको गलावन भञ्ज्यांगलाई आफ्नो दावी प्रस्तुत गदैृ आएका दुबै देशका सैनिक अधिकारीहरु बिच वार्ता चलिरहेकै बेला आज बिहान  भएको झडपमा भारतीय पक्षका एक सैनिक अधिकारी सहित दुई भारतीय सैनिकको मृत्यु भएको छ ।

झडप लगत्तै दुबै देसका सैनिक अधिकारीहरु स्थितीलाई शान्त बनाउन अहिले छलफलमा जुटेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । एएनआईले भारतीय सेनालाई उद्घृत गर्दै बताएकोछ,  दुबै देसका सैन्य अधिकारीहरु बिच वर्तमान अवस्थालाई नियन्त्रणमा ल्याउन झडप लगत्तै बसेको बैठक सकिएको छैन। भारतीय सेनाले यो झडपमा परेर चिनियाँ सैनिकको पनि मृत्यु भएको बताए पनि कति जना हताहत भए त्यो भने खुलाएको छैन ।

लद्दाख स्थित भारत चिन सीमामा भएको पछिल्लो घटनाको विश्लेषण गर्न भन्दै भारतीय रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर जल, स्थल र वायु सेनाका तीनै जना सेना प्रमुख र चीफ अफ डिफेंस स्टाफ जनरल बिपिन रावतका बिच बैठक समेत सम्पन्न भएको छ । बैठकमा पूर्वी लद्दाखको गलावन क्षेत्रमा भएको पछिल्लो हिंसात्मक मुठभेडका बारेमा छलफल भएको जनाईएको छ ।

समाचार एजेंसी रायटर्सले चीनले भारतमाथी सीमा पार गर्दै आफ्ना सैनिकहरु माथी हमला गरेको आरोप लगाएको जनाएको छ । चीनियाँ विदेश मन्त्रालयसँग गलावन भञ्ज्यांगमा चिनियाँ सेन र भारतीय सेनाबिच भएको पछिल्लो भिडन्तका बारेमा जानकारी माग्ने क्रममा विदेश मन्त्रालयले उक्त आरोप लगाउँदै, चिनियाँ पक्षले भारतलाई एकतर्फी कार्रवाईबाट बच्न चेतावनी दिंदै समस्यामलाई नचर्काउन समेत बताएको रायटर्सले  आफ्नो समाचारमा उल्लेख गरेको छ ।

स्मरणीय छ, भारत र चीनका बिच गत मे महिनाको शुरुबाटै लद्दाख सीमा क्षेत्रमा तनाव सिर्जना भएको थियो । भारतीय पक्षले मे महिनाको पहिलो साताबाटै चीनीयाँ सैनिकहरुले भारतद्वारा निर्धारित एलएसी(लाईन अफ एक्च्युअल कन्ट्रोल)को उल्लंघन गरेको आरोप लगाउँदै आएको थियो । भारतले,चीनीयाँ सैनिक झण्डै पाँच हजारको संख्यामा सैनिक हतियार सहित बसेको बताउँदै उनिहरु उक्त क्षेत्रबाट पछाडि हट्नु पर्ने दावी गर्दै आएकोछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here