लद्दाखमा भारत र चिनका सैनिक जनरल

0
243


काठमाण्डौ । छिमेकी मुलुक भारत र चिन बिच बिगत एक महिनादेखि चलिआएको सीमा विवादका सम्बन्धमा दुबै देशका सैनिक कमाण्डरहरु बिच आज लद्दाखको चुशुल सेक्टर अन्तर्गतको मालदोमा वार्ता भईरहेको छ । भारतीय प्रतिनिधिमंडलको नेतृत्व लेह स्थित १४औं ब्रिगेडका लेफ्टिनेंट जनरल हरिंदर सिंह र चिनियाँ पक्षबाट दक्षिण शियांग सैन्य डिविजन कोरका कमाण्डर मेजर जनरल लि उ लिनले वार्तामा नेतृत्व लिएकाछन् । लिनलाई चिन सरकारले दुई दिन अघिमात्रै दक्षिण शियांग सैन्य डिविजन कोरको कमाण्डरको जिम्मेवारीमा ल्याएको थियो ।
आजैबाट जारी सीमा वार्ताबारे चिनको विदेश मन्त्रालयका प्रवक्ताले, आफुहरुसँग सीमा सम्बन्धी सम्पुर्ण दस्तावेजहरु सुरक्षित रहेको भन्दै हाल देखिएको विवादको राजनैतिक वा सैन्य जुनसुकै माध्यमबाट हल गर्न चिन तयार रहेको बताएका छन् । यता शुक्तबार मात्रै भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले, सीमा समस्या हल गर्नका लागी सैनिक वा कुटनैतिक दुबै माध्यमको उपयोग गरि शान्तीपुर्ण समाधान निकाल्न भारत तयार रहेको बताएका छन् ।
विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी(भन्ज्यांग) क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच पटक पटक झडप हुँदै आइरहेको छ । सन् २०२० लागे यता मात्रै दुबै पक्ष बिच यो क्षेत्रमा ३ पटक झडप भएकाछन् । बिबिसीले बताए अनुसार, दुबै देशका सैनिक बिचको झडप बढेसँगै दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक शक्ती बढाएका छन् । विश्वकै ध्यान तानेको दुबै देश बिचको यो विवादलाई आजबाट शुरु भएको सैनिक जनरलहरु बिचको वार्ताले निकास दिने विश्वास गरिएको छ ।
भारत र चीन का सैनिकहरुें पूर्वी लद्दाख का चारवटा संवेदनशील क्षेत्रमा गतिरोध उत्पन्न भएको छ । गत ५ र ६ मईका दिन पुर्वी लद्दाखको पैंगोंग त्सोमा दुबै देशका बिच हिंसात्मक झडपले दुबै देशबिच टकराव नै पैदा गरेको थियो । यो झडप लगत्तै अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच टेलिफोन वार्ता समेत भएको थियो । लद्दाखमा चिनसँग कटुता बढिरहँदा प्रशान्त महासागरिय क्षेत्रमा बढी रहेको चिनियाँ प्रभुत्वका कारण चिनसँग चिढिएको अष्ट्रेलियासँग भारतले सामरिक सन्धी समेत गर्न भ्याएको थियो ।
शनिबार बिहान ९ बनेबाट बस्ने तय भएको दुब्े देशका सैनिक अधिकारीहरुको बैठक निर्धारित समय भन्दा साढे दुई घण्टा ढिलो ११.३० बाट शुरु भएको हो । भारतीय समाचार संस्था भाषाले, श्रोतलाई उल्लेख गर्दै, आज हुने वार्ताबाट कुनै परिणाम निस्कनछ भन्ने कुरामा भारत ढुक्क नभएपनि दुबै देशका उच्च सैन्य अधिकार िबिच भएको यो बैठकले दुबै देश बिचको गतिरोध अन्त्यका लागी मार्ग प्रशस्त भने गर्ने छ भनि लेखेको छ । (एजेन्सीहरुको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here