खोटांगमा ‘लाश’ थन्याउने चटारो !

0
366

दिक्तेल, असार १ । जिल्लामा कोरोना संक्रमितको संख्यामा वृध्दि आएसँग सम्भावित मृत्युदरको पुर्व आंकलन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले ‘शव’व्यवस्थापनका लागि तयार अवस्थामा रहन स्थानीय तहलाई भनेको छ ।

हिजो आईतबार बसेको समितीको १५औं बैठकले कोरोना संक्रमणकै कारण मृत्युदरमा वृध्दि भएको अवस्थामा ‘शव’ ब्यवस्थापन चुनौतीपुर्ण हुनसक्ने भन्दै यसकालागी बेलैमा सचेत भई त्यसको तयारी गर्नु पर्ने निष्कर्ष निकालेको हो । समितीेले ‘शव’ व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्वन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्वन्धित पालिकाले नै आवश्यक व्यवस्था गर्ने निर्णय समितीले गरेको छ । यसका लागी जिल्ला दुई नगरपालिका र आठ गाउँपालिका, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनाबीचमा आवश्यक समन्वय हुनुपर्ने पनि निर्णय गरेको छ ।

यसै गरि सोही बैठकले,जिल्लामा बढ्दै गएको संक्रमितको संख्यालाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिकामा १० बेडको, नगरपालिकामा २० बेडको तथा दिक्तेलमा प्रदेश सरकारको सहयोगमा ५० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ। बैठकमा आर्थिक वर्षको अन्त्य हुन लागेको र लकडाउन पनि खुकुलो भएकोले जिल्ला बाहिर रहेका कर्मचारी लगायतलाई सकेसम्म रोक्ने र आउनैपर्ने भए अनिवार्य आरडिटि गराएर क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको समितिले जनाएको छ।

बैठकले संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ। लकडाउनको अवधिमा कतिपय व्यवसायीले धेरै मूल्या लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो। केही दिनभित्रै उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालयमार्फत बजार अनुगमन गर्ने निर्णय गरिएको समिति संयोजक बवि चाम्लिङले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here