गाई गोठमै मारिए पाँच जना

0
684


रुकुममा भएको सामुहिक हत्याकाण्ड सेलाउन नपाउँदै रुपन्देहीमा त्यस्तै प्रकृतीको अर्को हत्याकाण्ड सार्वजनिक भएको छ । गए राती सोमबार रूपन्देहीको तिलोत्तमा नगरपालिका १० स्थित मैनहिया कान्छी बजारमा रहेको कृष्ण पुनको गंगादेवी पशु फार्ममा पाँच जना ब्यक्तीको सामुहिक हत्या भएको छ । हत्या भएका पाँचैजनामा ७ वर्षिय करण चौधरी, १७ वर्षिय आशिष चौधरी, ३५ वर्षिय जानकी मुसहर, ४० वर्षिय माधव मुसहर र १४ वर्षिय पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । मृतक मध्येका माधव र जानकी सोहि फार्ममा कार्यरत श्रीमान–श्रीमती रहेको पनि खुल्नमा आएको छ । यस्तै हत्या भएका करण र आशिष चौधरी फार्मका कामदार नभएर उनिहरु पाहुना लाग्न फार्ममा गएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले आज बिहानै घटनास्थल सिल गरि अनुसनधान शुरु गरेको छ । प्हरीले उक्त हत्याको आशंकामा सोही फर्ममा कार्यरत सुर्खेत निवासी ३२ बर्षीय झपेन्द्र सिंह सिंजालीलाई गिरफ्तार गरेको छ । फार्ममा कार्यरत समेत पाँचै जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
हत्या गरिएका सबैको घाँटीमा गहिरो चोट देखिएको छ । मृतकका शरिरमा अन्य चोट लागे नलागेको भने पोष्टमार्टम रिर्पोटबाटै खुल्ने प्रहरीले बताएको छ । प्रहरीले मृतकहरुको शव पोष्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here