नेपालमा ५७६० पुगे कोरोना संक्रमित

0
181

काठमाण्डौ, ३२ जेठ । आइतबार २४ घण्टा भित्र नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित मिडिाया ब्रिफिंगमा स्वास्थ प्रवक्ता डा. जागेश्वर गौतमले, आइतबार ६ जना डिस्चार्ज भएर घर फर्किएको पनि जनाएका छन् ।
मन्त्रालयले आजसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको पनि बताएको छ । पछिल्लो समय सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाउँदै लगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ८९ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार,अहिलेसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
कोरोनाभाइरस परीक्षण निजी प्रयोगशालाबाट पनि
स्वास्थ मन्त्रालयले आजै दिएको जानकारी अन्ुसार,सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। प्रवक्ता गौतमले मन्त्रालयको स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने बताएका छन्। यसरी गरिने परिक्षणमा लाग्ने खर्च भने सरकारले नै व्यहोर्ने प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए। तर कुन(कुन निजी प्रयोगशालालाई परीक्षण अनुमति दिने कुरा टुंगो लागेको छैन। मन्त्रालयबाट प्रयोगशालाको अनुगमन पश्चात् क कस्mाई स्वीकृती दिने भन्ने टुंगो लाग्ने गौतमको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here