नेपालमा कोरोना संक्रमितको संख्या २६३४, संक्रमण मुक्तको संख्या २९० र मृतकको संख्या १० पुग्यो

0
174

काठमाडौं, जेठ २२ । बितेका २४ घण्टामा नेपालमा ३३४ जन कोरोना संक्रमित थपिएका छन् । योसँगै बिहीबार साँझसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणकै कारण १० जनाको मृत्यु भएको छ।
आज अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङमा २, पर्सामा १, झापामा ५, ताप्लेजुङमा १, सुनसरीमा १, सप्तरीमा १३, बारामा १२, सिन्धुलीमा १, रौतहटमा ६५, म्याग्दीमा १,बागलुङमा १०,पर्वतमा ४, स्याङजामा १, डोटीमा ३, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५, मुगुमा १, दैलेखमा ११३, खोटाङमा ३, धनुषामा ६, महोत्तरीमा ३ र सर्लाहीमा ३ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयले जनाए अनुसार, बिहीबार संक्रमण देखिएका मध्ये ३१९ जना पुरुष र १५ जना महिला रहेकाछन्। यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ। साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन्। मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट मुक्त भएकाहरुको संख्या २९० रहेको जनएको छ । बिहीबार मात्रै १२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका थिए ।
मन्त्रालयले प्रदेशगत हिसाबमा दिएको तथ्यांक अनुसार, प्रदेश – १ मा १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४८ जना निको भएर घर फर्किएका छन्। प्रदेश–२मा ९ सय ६३ जना कोरोना संक्रमित रहेका र १ सय १९ जना निको भएका, एकजनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।
त्यसैगरी बागमती प्रदेशमा ५९ जना कोरोना संक्रमित, ३२ जना संक्रमणमुक्त छन् र तीनजनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित रहेका र ३ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश – ५मा कोरोना संक्रमतिको संख्या ८ सय ९८ पुगेको, चारजनाको मृत्यु भएको र ७९ जना कोरोना संक्रमणमुक्त भएर घर गएका छन् । मन्त्रालयले कर्णाली प्रदेशमा ३ सय ८३ जना कोरोना संक्रमित भएका, एकजनाको मृत्यु भएको र २ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएको बताएको छ । यसैगरि सुदूर पश्चिम प्रदेशमा ८१ जनामा कोरोना संक्रमण देखिएको, ७ जना कोरोनाबाट मुक्त भएका र १ जनाले ज्यान गुमाएका छन।
पछिल्लो समय देशमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले मन्त्री परिषदमा पठाएको स्वास्थ्य सकटकालको सिफारिस सम्बन्धि प्रस्तावबारे आजै बस्ने मन्त्रीपरिषद्को बैठकमा छलफल हुने समाचार श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here