एकै दिन थपिए ९० कोरोना संक्रमित

0
267

आज मंगलबार एकै दिन नेपालमा ९० जना कोरोना संक्रमित थपिएकाछन् । आज मंगलबार गरिएको परिक्षणमा कपिलवस्तुका २६ जना सहित अन्य विभिन्न जिल्ला गरि थप ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थपिएका ९० जना संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुका २६ जना, रौतहटका २२, सुर्खेतका १२ जना, बाँकेका ९ जना, सिरहा र बारामा ५ । ५ जना, महोत्तरी, अर्घाखाँची र स्याङ्जाका २ । २ जना तथा धनुषा, गुल्मी, अछाम, कैलाली र रुपन्देहीको लुम्बिनी अस्पतालका १ । १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाछन् ।
मंगलबार पोजेटिभ देखिएकाहरु दुई वर्षीया एक बालिका, एक महिला र १६ देखि ५५ वर्षसम्मका पुरुष रहेको मन्त्रालयले जनाएको छ। बारामा संक्रमित देखिएका दुई जना जुम्ला स्थायी ठेगाना भएका ३५ र ३६ वर्षीय पुरुष भएको जनाइएको छ । हालसम्म कुल संक्रमित ७ सय ७२ मध्ये १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भइसकेको छ । यसै गरि हाल सम्म कोरोना संक्रमण देखिएका ७ सय ७२ जनामध्ये पुरुषको संख्या ६ सय ८८ छ भने महिला ८४ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here