नुवाकोटका सिडिओको यस्तो गैह्रजिम्मेवार काम

0
376

प्रमुख जिल्ला अधिकारीको गैह्रजिमवारी पुर्ण कार्यकै कारण एक पति आफ्नै मृत श्रीमतीको दाह स्ंस्कारमा उपस्थित हुन जान पाएनन् । सरकारले मानिसको अत्यावश्यक आवश्यक काम, मराउ पराउमा वाधा नपुग्ने गरि पास उपलव्ध गराउने कार्यादेश देशभरिका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । देशका ७७ वटै जिल्ला प्रशासनमा गृह मन्त्रालयको यो निर्देशन पुगेको छ । तर, नुवाकोट जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) द्रोण पोखरेलले भने सरकारले दिएका र्यादेश र जिम्मेवारी ने नबुझे जसरी एक मानविय संवेदनासँग जोडिएको बिषयमा ब्यवहार प्रदर्शन गरेकाछन् ।

समाचार अनुसार, नुवाकोटलाई कर्म क्षेत्र बनाएर बसेका लालबाबु प्रसाद साह उता आफ्नो गाउँमा श्रीमतीको देहान्त भएको, आफ्ना दुबै छोरा पनि यतै रहेकाले श्रीमतीको दाह संस्कारमा उपस्थित हुन जानका लागी प्रजिअ पोखरेलसँग अनुरोध गर्दा पोखरेलले साहलाई सवारी पास उपलब्ध गराउन अस्विकार गरेकाथिए । साहले आफ्नी श्रीमतीको देहान्त भएको मृत्यु प्रमाण पत्र समेत राखेर प्रजिअसँग गरको अनुरोधलाई उनले, ‘अहिले कार्यालय बन्द भएकाले दिन नसकिने’ रुखो जवाफ दिएर पठाएका थिए । साहले आफु र आफैसँग रहेका दुई छोराको अन्तिम संस्कबारमा उपस्थिती अनिवार्य रहेको र आफु उपस्थित नभएसम्म श्रीमतीको अन्तिम संस्कार हुन नसक्ने भन्दै प्रजिअ पोखरेलले साहको अनुरोधलाई वास्तै गरेनन् । साहले आफ्सँग लगेको आफु बसेको लतिनहवा ग्राम पंचायतका सरपंच (प्रधान पञ्च) लक्ष्मीकान्त प्रसादले श्रीमतीको निधन भएको प्रमाणित गरि पठाएको पत्र समेत पोखरेललाई देखाएका यि तर पोखरेलले कार्यालय समयमा आउनु अहिले कार्यालय बन्द भईसकेकाले सवारी पास उपलब्ध गराउन नसकिने रुखो जवाफ दिएर पठाएका थिए ।

सरकारले हरेक जिल्लामा खटाउने प्रमुख प्रशासकको काम कर्तब्य र अधिकार, दायित्व, जिम्मेवारीका सम्बन्धमा बनेका ऐन, नियमहरुमा स्पष्ट किटान गरेर प्रजिअको कर्तब्य, दायित्व र जिम्मेवारी तोकेको हुन्छ । यस बाहेक तालुकवाला मन्त्रालय ले पनि समय समयमा जिम्मेवारीका बारेमा निर्देशन दिंदै आएको हुन्छ । तर नुवाकोटमा प्रजिअ बनेर पुगेका पोखरेलले भने यि कुनै ऐन, नियम र निर्देशनहरु पढेको बुझेको भन्ने उनले देखाएको ब्यवहारले पुष्टि गर्दछ ।

जिल्लामा कानुन कार्यान्वयन गराउने, शान्ती सुरक्षा र नागरिक अधिकार कार्यान्वयनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीकै मातहत हुन्छ । उसलाई अन्य निजामती कर्मचारीको जस्तो जात्रा पर्व, कार्यालय समय भनेर जिम्मेवारीबाट पन्छिने, दायित्व साँचेर राख्ने छुट हँदैन तैपनि नुवाकोटका सिडिओ  पोखरेललाई भने यस्ता कुराले कुनै महत्व नराख्ने उनकै ब्यवहारले देखाएको छ ।  

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here