भोलिदेखि मोटरसाइकल पनि जोर–बिजोर चल्ने

0
328

काठमाडौं,जेठ ३२ । सरकारले चार पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागु गरे लगत्तै दुई पाँग्रे सवारी साधनमा समेत भोली असार १ गतेबाट जोर विजोर प्रणली लागु गर्ने भएको छट ।

गत बुधबार बसेको मन्त्री परिषदको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको थियो । सरकारले गरेको यो निर्णय दुई पाँग्रे सवारी साधन मोटर साईकल, स्कुटर र मोपेड लगायतमा लागु हुने नहुने भन्ने अन्यौल सिर्जना भएकोमा त्यो अन्यौललाई चिर्दै गृह मन्त्रालयले आज आईतबार जारी गरेको विज्ञप्तीमा भोली असार १ गतेबाट मोटर साईकल, स्कुटर र मोपेडमा समेत जोरबिजोर प्रणाली लागू हुने उल्लेख छ । विज्ञप्तीमा सरकारको निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिएका हुन् । उनले मातहतका निकायलाई पनि यसबारेमा निर्देशन दिइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here