आगामी बजेटको प्राथमिकतामा सामाजिक क्षेत्र

0
278
Finance Minister Yubaraj Khatiwada

सरकारले आगामी २०७७/०७८ को बजेटमा सामाजिक क्षेत्रलाई बढी प्राथमिकतामा राख्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार प्रतिनीधि सभा संसदलाई सम्बोधन गर्दै सरकारले स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सामाजिक क्षेत्रमा राज्यको लगानी बढाउने गरी आगामी बजेट ल्याउने तयारी गरेको बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभामा प्रस्तुत  विनियोजन विधेयक सम्बन्धि सरकारका प्राथमिकता र सिध्दान्तमाथि छलफल गर्ने क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै नेपालको संविधान अनुसार तीन खम्बे अर्थनीति रहेको र निजी क्षेत्रलाई व्यवसाय र उत्पादनतर्फ फोकस गराउने सामाजिक क्षेत्रमा भने सरकारले नै लगानी बढाउने गरी बजेट निर्माण भइरहेको बताएका छन् ।

डा. खतिवडाले, कोभिड–१९को संक्रमणका बेलामा ती क्षेत्रमा राज्यको लगानी नहुँदा जनताले दुःख पाएका उदाहरणबाट सरकार यसबारे स्पष्ट भएकाले सामाजिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउने तयारी गरिएको बताएका हुन्। संसदमै छलफलका क्रममा सांसदहरुले उठाएको नवउदारवादको सन्दर्भका सवाललाई थप स्पष्ट पार्दै डा.खतिवडाले, “नवउदारवादले मुलुकलाई कायापलट गर्छ भन्नेमा म बिल्कुलै सहमत छैन र मैले यसको उदाहरण पनि देखेको छैन।” भन्दै आगामी बजेट समाजवाद उन्मुख नै हुने उनले जिकिर गरेका थिए ।

उनले जेठ १५ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट आउने बताए। आफ्नै जीवनको पनि सुनिश्चितता नभएको हुँदा पूरक बजेट साउनमा ल्याउने प्रस्ताव मान्य नहुने उनको भनाइ छ। “बजेट जेठ १५ मा नै हाल भएको यथार्थतालाई नै ध्यानमा दिएर यथार्थपरक आउँछ, मानिसको जीवनकै अनिश्चितता रहेकामा केही कुराको निश्चितता हुँदैन। बजेट पर सार्ने कुरा नगर्नुहोस्।” भन्दै खतिवडाले, मानव जीवनको रक्षा नै बजेटको पहिलो प्राथमिकता भएकाले यसमा शंका नगर्न समेत सांसदहरुलाई आग्रह गरेका थिए ।

“केही आर्थिक क्षेत्रमा लगानी बढाइएन, रोजगार कसरी बढाउने ? त्यसैले आर्थिक क्रियाकलापहरूमा राज्यले लगानी बढाउनुका साथै निजी क्षेत्रसँग सहकार्य पनि जरुरी रहेको छ, यस्तो बेलामा न्यूनतम आर्थिक क्रियाकलापहरू निरन्तर राखिएन भने रोगबाट त बचिएला तर भोकबाट बचिँदैन,” भन्दै उनले, विगतका सरकारले सम्भावना नै नभएका आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेकाले ती आयोजनाहरूको काम नभएको समेत बताएका थिए । यस बिषयमा उनले थप बताएका थिए,“यस सरकारले गरेका कमी कमजोरीहरू हामी स्वीकार्छौं। तर, अरुले गरेको कमजोरी हामीले किन स्वीकार्नु?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here