अमेरिकी आईडलमा दिवेशको फैसला सोमबार बिहान

0
256

अमेरिकी रियलिटी शो अमेरिकन आईडलको १८औं संस्करणको फाइनल नेपाली समय अनुसार भोली सोमबार बिहान ९.१५ मा प्रशारण हुँदैछ । अमेरिकी समय अनुसार आइतबार राति ७ बजे एबिसी च्यानलबाट प्रशारण हुने अमेरिकन आइडलको फाइनलका प्रतिस्पध्र्दी मध्येकै एक २१ बर्षिय नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन समेत उक्त प्रतियोगिताका एक प्रमुख दावेदार भएकै कारण पनि यतिबेला नेपाली युवा माझ अमेरिकन आईडलको उक्त कार्यक्रम चासोको केन्द्रमा रहेको छ ।

फाईनलका लागी छनौटमा परेका ७ प्रतियोगीले यो सिजनको प्रतियोगितामा क्वारेन्टाइनबाटै आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिताको अन्तिम ७ प्रतिस्पर्धीमध्येका आर्थर गनले उपाधि जित्नसक्ने बिषयमा थुप्रै सर्वेक्षणहरुले अनुमान गरेकाछन् ।  

‘आइतबारलाई लिएर धेरै नर्भस छु,’ अमेरिकी राज्य कान्सासको पूर्वी विचिटास्थित घरमै बसेर प्रतियोगिताको फाईनलका लागी तयारीमा जुटेका आर्थरले समाचारउजेन्सीहरुलाई बताएकाछन् । कोराना भाइरसका कारण देशव्यापी सटडाउन भएको अवस्थामा घरमै बसेर उनले विगत केही सातादेखि प्रस्तुती दिइरहेका छन् । फाईनललाई स्मरण गर्दै उनले प्रतिकृया दिए‘यो ठूलो दिन हो । यो मेरालागी  निकै स्मरणीय हुनेछ,।’

अमेरिकन आईडलको यो सिजनको फाईनल आइतबार शुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् । र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । दुई घण्टा लामो लाइभ रियल टाइम भोटिङको सहयोगमा बिजेताको टुंगो लगाईने छ । दर्शकमाझ लोकप्रिय डिल्लन जेम्स र १९ वर्षीय क्यालिफोर्नियाका फ्रान्सिस्को मार्टिनसहित अन्य ६ प्रतिस्पर्धीहरु सँगै प्रतिस्पध्र्दामा दिवेश अर्थात आर्थर पनि छन् । यो प्रतियोगिताका प्रतिस्पध्र्दिा बारेमा अनलाईन सर्वेक्षण गरेका धेरै जसो अनलाईन सर्वेयरहरुले आर्थर उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै ताज जित्ने अड्कल लगाएका छन् ।

बिगतका प्रदशसमेत  प्रभावित पारेका थिए । कार्यक्रको निर्णायक मण्डलमा रहेका अमेरिकी सेलिब्रेटी केटी पेरी, लियोनल रिची र लुक बार्यनले त पुरै सिजनभरी नै उनको प्रशंशा गदैृ आएका थिए । क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएकै कारण पनि उनि निर्णायकको आँखामा परेका थिए । 

गोल्ड डर्बीले भन्योःआर्थर अघि

रियालिटी शोको फाइनलको पूर्वसन्ध्यामा अमेरिकी अनलाईन सर्वेक्षक गोल्ड डर्बीले आर्थर गन सबैभन्दा अगाडि रहेको बताएको छ । सर्वेक्षणले आर्थरको पक्षमा सर्वाधिक ३१ प्रतिशत समर्थक देखिएका छन् भने आर्थरकै प्रतिस्पर्ध्दी मानिएका जस्ट सामका पक्षमा २१ प्रतिशत समर्थक देखिएको उल्लेख छ । सर्वेक्षणले अन्य प्रतिस्पर्धी जोनी वेस्टको पक्षमा १४ प्रतिशत, डिल्लोन जेम्सको पक्षमा १२ प्रतिशत, फ्रासिस्को मार्टिनको पक्षमा ११ प्रतिशत, जुलिया गार्गानोका पक्षमा ७ र लुईस नाइटका पक्षमा ४ प्रतिशत समर्थक देखिएको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here