एडिबिको ३ अर्बको सहयोग

0
212


एशियाली विकास बैंक(एडिबि) ले नेपाललाई २५ करोड अमेरिकी डलर (झण्डै ३ अबै रुपैयाँ) सहुलियतपुर्ण ऋणका रुपमा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र नै लथालिंग अवस्थामा रहेको र कोरोना नियन्त्रणका लागी सरकारलाई रकमको आबश्यकता भई रहेका बेला बैंकले आज मंगलबार नेपाललाई उपलब्ध गराउने रकमको टुंगो लगाएको हो । यो रकम सरकारले कोरोनाभाइरसको विपत्तिसँग जुध्नका लागी उपयोगमा ल्याउने छ ।
एडिबिले, नेपाल सरकारलाई यो ऋण रकम देशको सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाभाइरसले निम्त्याएको आर्थिक र सामाजिक जोखिमसँग जुध्न सहयोगी हुने जनाएको छ । त्यस्तै, विपन्न र जोखिममा परेका सर्वसाधारणलाई पनि यो सहयोग रकमले सम्बोधन गर्नेछ.पनि एडिबिले जनाएको छ ।
यो ऋण सहयोग दैनिक ३ हजार कोरोनाभाइरसको परीक्षण गर्न सात वटै प्रदेशमा २ लाख जनालाई क्वारेन्टिनमा राख्न सक्ने क्षमता विस्तार गर्न सहज होस भनेर उपलब्ध गराईएको पनि बैंकले जनाएको छ । बैंकले सदस्य राष्ट्रको अर्थतन्त्र कोरोनाभाइरसका कारण समस्यामा परेकाले समस्यासँग जुध्न भन्दै २ अर्ब डलरको कोष बनाएको छ.। नेपाललाई उपलब्ध गराईएको रकम सोही कोष अन्तर्गतको हो ।

रुकुम दर्दनाक घटना – रूकुम पश्चिम घटनाबारे गृहमन्त्रीको राष्ट्रियसभामा स्पष्टिकरण -RukumGhatana

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here