Home Blog

Vastu Tips Nepali*यस्ता यूवति भाग्यशाली हुन्छन | भाग्यमानीका ५ गुण यस्ता हुन्छन-Vastu shastra nepali

video
Vastu Tips Nepali*यस्ता यूवति भाग्यशाली हुन्छन | भाग्यमानीका ५ गुण यस्ता हुन्छन-Vastu shastra nepali #vastutips #VastuTipsNepali #AstrologyNepali #vastutipsinnepali # nepalivastutips #tipsinnepali #यस्ता_यूवति_भाग्यशाली_हुन्छन #भाग्यमानीका_५_गुण_यस्ता_हुन्छन

परराष्ट्रमा कार्कीको छायां

राजदुतको कार्यकाल समाप्त भएर हाल अर्को ब्यवस्था नहोउन्जेलसम्मका लागी वाशिंगटनमै थमौतीमा रहेका राजदुत डा.अर्जुन कार्की यतिबेला परराष्ट्रमा कार्यरत केही राजदुतको रोलक्रममा रहेका केही कर्मचारीका विरुध्दमा रहेका कारण पनि प्रधानमन्त्री ओलीले राजदुत नियुक्ती सम्बन्धि फायलमा यतिबेला रुची नदेखाएका हुन् । परराष्ट्रश्रोतले, प्रधानमन्त्री ओलीले राजदुत नियुक्तीका सवालमा कार्कीको सल्लाह लिने गरेको र यसमा प्रधानमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार विष्णु रिमालको...

अर्ली महाधिवेसन विपक्षलाई मन्जुर छैन

पार्टी नेतृत्व बिचको ब्यक्तिगत स्पध्र्दाको विवादले बिघटनकै स्थितीमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा पछिल्लो चरणमा ‘अर्ली महाधिवेसन’को बिषय चर्चामा आएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष के.पि. शर्मा ओलीले दुबै पद छाड्नु पर्ने भन्दै पार्टी भित्रै विवाद झिके पछि गत असार...

एनएसएको उपस्थितीमा प्रधानमन्त्रीको राजीनामाको माग

काठमाडौं,असार १९ । पार्टी भित्र उब्जिएको विवादका सम्बन्धमा छलफलमा बसेका पार्टी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच त्यस्तो उल्लेख नै गर्नु पर्ने खालको सहमती बन्न सकेन । दुबै नेताहरु बिच आपसी मन माझामाझ भएको भए पनि विवादको हल समेत ननिक्लिएको समाचार श्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह बिहान ११ बजेबाट दुबै नेता वार्तामा बसेका थिए...

आईतबारसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाण्डौ, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चुलिएको विवादलाई जारी स्थायी समितीको बैठकले अझ चर्काए पछि पार्टी भित्रको विवाद आपसी सहमतीमा मिलाउने भन्दै आईतबारसम्मका लागि स्थगित गरिएको छ । गत मंगलबार र बुधबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओली प्रति ब्यक्त गरेको धारणाले नै...

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाण्डौ, असार १५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रिय कार्य समितीको बैठक भोली असार १६ गते मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । आईतबार बसेको काँग्रेस पदाधिकारी बैठकले मंगलबारका लागी केन्द्रिय समितीको बैठक बोलाउने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । पौडेलले १६ गते मंगलबार १ बजेका लागी बैठक बोलाईएको बताएका हुन्...

दिल्ली मलाई हटाउन खोज्दैछ:प्रधानमन्त्री

काठमाडौँ,असार १४ । ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटे भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन’ मदन भण्डारी फाउण्डेसनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन । आफ्नो...

शनिवार नेपाल छिरेको सलहको समुह उपत्यका आसपास देखियो

काठमाण्डौ,असार १४ । सरकारी संयन्त्रको पुर्वानुमान विपरित सलहको बथान नेपाल प्रवेश गरेको छ । भारतीय सीमावर्ती भुभाग हुंदै सलहको बथान सर्लाही,रौतहट, बारा, पर्सा, रुपन्देही नवलपरासी जिल्ला प्रवेश गरेको छ । शनिबार नेपाल प्रबेश गरेको सलहको एउटा झुण्ड आइतबार बिहान उपत्यकाको ललितपुर वरपर समेत देखिए पछि सलह प्रतिरोधी कार्यलाई तिब्रता दिन कृषी मन्त्रालय योजना सहित अघि बढेको...

२२ जना सहसचिवमा उत्तीर्ण

लोक सेवा आयोगले २०७६।७७ का लाग लिएको बिज्ञापन नम्बर १६६५३।०७६–७७(आ.प्र.) नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी सह सचिव पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सिेवामा रिक्त २२ जनाको कोटाका लागी लिएको परिक्षामा सफल भएका २८ जना उम्मेदवारको गत असार २ गतेबाट अन्तरवार्ता लिएको थियो । अनतरवार्तामा एक जना उममेदवार अनुपस्थित थिए । ...

नेकपा स्थायी समिती बैठकः भारतले सीमा विवाद हल गर्न चासो नै दिएन

काठमाण्डौ,असार १२ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितीको पाचौं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । स्थायी समितिको आज दोश्रो सत्रको जारी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओली सरकारी काममा ब्यस्त रहनु परेका कारण अनुपस्थित भएपछि बैठकको मोडालिटी परिवर्तन गरि सहभागी सदस्यहरुका लागी फ्लोर खुल्ला गरिएको थियो । आजको बैठकमा सीमा समस्या सम्बन्धि  बिषयलाई छलफलका लागी एजेण्डा तय गरिएको  बैठकको अध्यक्षता गरिरहेका...

सचिवालय र मन्त्री मण्डलमा कैंची चलाउँदै प्रधानमन्त्री

पार्टी भित्रको विवाद र एमसीसी प्रकरणलाई आजबाट बस्ने स्थायी कमिटी बैठकबाट टुँगो लगाए लगत्तै प्रधानमन्त्री के पि शर्मा ओली सरकारका केही मन्त्री र सचिवालयका केही सदस्यहरुलाई फुर्सद दिने मनस्थितीमा रहनु भएको निकटवर्ती रुोतले बताएको छ । समाचार श्रोतले, आजबाट शुरु हुने पार्टी स्थायी कमिटी बैठकलाई शुक्तबार प्रधानमन्त्रीले अध्यक्षिय जवाफ दिने तय गरिएको र सोही दिन बैठकको समेत...