स्वास्थ्य मन्त्रि सँग चुनाब हारेका काँग्रेस नेता डा. सुनिल कुमार शर्मा द्वारा ३०लाख सहयोग।

0
6041

विराटनगर स्थित नोबेल शिक्षणका अस्पतालका सञ्चालक तथा नेपाली काँग्रेस महासमिति सदस्य डा. सुनिल कुमार शर्माले कोरोना भाइरस रोकथाम को लागि मोरङका तीन नगरपालिकालाई ३० लाख ३६ हजार रकम सहयोग गरेका छन् । यो प्रदेश १ मा अहिले सम्मकै लागि सबै भन्दा ठुलो धन रासिको सहयोग हो। समाजको लागि केहि गर्छु भने मान्छेले राजनीति भन्दा माथि उठेर गरिब जनताको लागि सहयोग गर्नु पर्ने बताए।

विगतमा गरिबीको तितो अनुभव भोगेका डा. शर्माले अब गरिबीकै कारणले कसैले पनि अर्काको घरमा हली गोठालो बस्न नहुने बताए।यस अघि नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन्।

डा. शर्मा यस अघिको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फ बाट सो क्षेत्रमा चुनाव लडेका थिए। कम्युनिष्ट को लाल किल्ला मानिने सो क्षेत्र बाट ४०६०७ मत प्राप्त गरेर पनि वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाल संग पराजित भएका थिए। विजयी ढकाल अहिले स्वास्थ्य मन्त्रि छन् । मन्त्रि ढकालले कोरोनाको माहामारीको बेला स्वास्थ्य सामग्री खरिदको बेला अनियमिता गरेको आरोप खेपिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here