सचिवालय र मन्त्री मण्डलमा कैंची चलाउँदै प्रधानमन्त्री

0
226

पार्टी भित्रको विवाद र एमसीसी प्रकरणलाई आजबाट बस्ने स्थायी कमिटी बैठकबाट टुँगो लगाए लगत्तै प्रधानमन्त्री के पि शर्मा ओली सरकारका केही मन्त्री र सचिवालयका केही सदस्यहरुलाई फुर्सद दिने मनस्थितीमा रहनु भएको निकटवर्ती रुोतले बताएको छ । समाचार श्रोतले, आजबाट शुरु हुने पार्टी स्थायी कमिटी बैठकलाई शुक्तबार प्रधानमन्त्रीले अध्यक्षिय जवाफ दिने तय गरिएको र सोही दिन बैठकको समेत समापन गरिने गरि बालुवाटारले तयारी गरेको बताईएको छ ।

स्थायी समिती बैठक लगत्तै प्रधानमन्त्रीले हालको सचिवालयको स्वरुपमा केही परिवर्तन गर्ने संकेत दिनु भएको छ । समाचार श्रोतले बताए अनुसार मौजुदा नौ सदस्यिय सचिवालयको स्वरुप परिवर्तन गर्दै प्रधानमन्त्री ओलीले सचिवालयमा अध्यक्ष पुष्पकमल दहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापालाई समेट्ने सोचमा रहनु भएको छ ।

यसै गरि वर्तमान मन्त्रमण्डलमा रहेका केही मन्त्रीलाई समेत प्रधानमन्त्रीले फुर्सद दिने सोच बनाउनु भएको बताईएको छ । प्रधानमन्त्रीको सोच अनुसार यतिबेला ‘रेड जोन’मा परेका मन्त्रीहरुमा उप प्रधानमन्त्री रक्षा मन्त्री ईश्वर पोखरेल, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, उर्जामन्त्री वर्षामान पुन,बन मन्त्री शक्ती बस्नेत, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र खानेपानी मन्त्री विना मगर रहेको बताईएको छ । पार्टी भित्रको आन्तरिक समिकरण मिलाउन र पार्टीमा प्रधानमन्त्री तथा अध्यक्षका लागी सहज वातावरण बनाउनकालागी उप प्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको जिम्मेवारी दिने बिषयमा प्रधानमन्त्री र उप प्रधानमन्त्र पोखरेलबिचको सल्लाह मै पोखरेललाई मन्त्रीमण्डलबाट विदा गर्न लागिएको हो भने अर्का अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई खानेपानी मन्त्रालयबाट अन्यत्रकै मन्त्रालयमा सार्ने सम्भावना पनि उत्तिकै रहेको श्रोतले बताएको छ ।

यसैगरि प्रधानमन्त्री ओलीले सरकारमा नयाँ मन्त्रीका रुपमा सचिवालय सदस्इ तथा पार्टी प्रवक्तनारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, तुलसा थापा, शंकर पोखरेललाई अवसर दिने सम्भावनाजाक्षर्् नकार्न नसकिने श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले नेता बामदेव गौतमलाई अर्थमन्त्री सहितको उप प्रधानमन्त्रीको प्रस्ताव गर्नु भएकोमा पार्टी भित्रको वर्तमान स्थितीमा आफु सरकारमा जाँदा आफ्नो राजनीतिमाथी नै प्रश्न उठ्न सक्ने भन्दै आफ्नो सहयोग प्रधानमन्त्री ओलीलाई नै रहने शर्तमा गौतमले आफ्नी पतनी तुलसा थापालाई सरकारमा सामेल गर्न प्रधानमन्त्रीलाई सुझाएको श्रोतको दावी रहेको छ । यसै गरि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई उप प्रधानमन्त्री सहितको शिक्षा मन्त्रालयको जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री रहनु भएको छ । तर, नारायणकाजीको रुची भने परराष्ट्र मन्त्रालयमा रहेको बताईन्छ । सरकारमा भित्रिए लगत्तै । श्रेष्ठले सचिवालयबाट मात्रै हैन प्रवक्ता पदबाट समेत विदा पाउने सम्भावनालाई पनि नकार्न भने सकिन्न ।

यसै गरि उर्जामन्त्री बर्षमान पुनको ठाउँमा पुर्व माओवादी केन्द्रकै जनार्दन शर्मालाई भित्र्याउने सोच प्रधानमन्त्रीको रहेको छ । यसैगरि बामदेव पत्नी तुलसा थापाले बन मन्त्रालय वा स्वास्थ मन्त्रालय मध्ये कुनै एक मन्त्रालय श्रीमानको भागका रुपमा प्राप्त गर्नु हुने छ । मन्त्री मण्डलमा गरिने यो फेरबदलमा गृहमन्त्री रामबहादुर थापाले गृह सहित उप प्रधानमन्त्रीकबो जिम्मेवारी पाउने सम्भावना समेत रहेको श्रोतले बताएको छ ।     

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here