वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द ; नेपालको ३ अङ्क

0
208

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । वर्षाका कारण शुक्रबारको खेल रद्द भएको हो । यो प्रतियोगिता थाइल्याण्डमा भइरहेको थियो ।

खेल रद्द भएसँगै दुवै टिमले एक – एक अङ्क पाएका छन् । सिङ्गापुर ७ अङ्कसहित शीर्ष रहेको छ । अङ्कतालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । नेपाल भने ३ अङ्क लिएर घर फर्किएको छ । नेपालले पहिलो खेल मलेसिया र दोस्रो खेल हंगकंगसँग खेलेको थियो तर दुइटै खेलमा पराजित भएको थियो । यो सँगै नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here