लकडाउनले छेकेन लगानी प्रवर्ध्दनलाई

0
153

बितेको एक महिनाको अवधीमा १५ उद्योगमा पौने ३ अर्बको लगानी थपिएको छ । लकडाउनकै अवधीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो एक महीनाको अवधिमा चार वटा स्वदेशी र ११ वटा विदेशी लगानीका उद्योगमा रु. दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानीलाई स्वीकृती प्रदान गरेको छ ।
उद्योग, वाणिज्य तथ आपुर्ती मन्त्रालयले जनाए अनुसार, उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी र चार नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको हो । यो अवधीमा विदेशबाट भित्रिएको वैदेशिक लगानीमा सबैभन्दा ठुलो हिस्सा चीनको रहेको छ । चीनबाट सात उद्योगमा रु ७२ करोड ७० लाख तथा भारत, दक्षिण कोरिया, नेदरल्याण्डस र मलेसियाबाट पाँचपाँच करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दहालले जनाए अनुसार, औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्नेगरि मन्त्रालयले उद्योगमन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं सम्बन्धित क्षेत्रका विज्ञ रहेको एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको छ ।
मञ्चलाई प्रचलित कानूनद्वारा बोर्डलाई तोकिएका कार्यका अतिरिक्त छिमेकी मुलुकको उद्योग तथा लगानीसम्बन्धी व्यवस्थाको अध्ययन गरी सिफारिस गर्ने एवं उद्योग तथा लगानी प्रवर्द्धनमा देखिएका क्षेत्रगत, प्रक्रियागत, प्रविधिगत सुधारका विषय, उद्योग र लगानी प्रवर्द्धनका लागि अर्थतन्त्रमा गर्नुपर्ने सुधार, रोजगारी अभिवृद्धि, उद्योग तथा लगानीको वातावरणीय पक्ष, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानीसम्बन्धी विषयमा बोर्डलाई आवश्यक परामर्श तथा सुझाव दिन कार्यदिशा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here