मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडी, दोस्रो स्थानमा रोनाल्डो

0
145

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन् । सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका ५० खेलाडीमध्ये मेस्सी शीर्षस्थानमा परेका हुन् । उनले गएको वर्ष झन्डै १२७ मिलियन युरो कमाइ गरेका छन् ।

पोर्चुगल तथा जुवेण्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो स्थानमा परेका छन् । उनले सन् २०१९ मा झन्डै १०९ मिलियन युरो कमाएको एक सर्वेक्षणले देखाएको छ ।

त्यस्तै , सर्वाधिक कमाइ गर्ने खेलाडीको तेस्रो स्थानमा पीएसजीका स्टार नेयमार रहेका छन् । उनले झन्डै १०५ मिलियन युरो कमाएका छन् भने म्यानचेस्टर युनाइटेडका पोग्वा ४४ औं स्थानमा छन् । उनले ३३ मिलियन युरो कमाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here