मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

0
214

काठमाण्डौ, असार १५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रिय कार्य समितीको बैठक भोली असार १६ गते मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । आईतबार बसेको काँग्रेस पदाधिकारी बैठकले मंगलबारका लागी केन्द्रिय समितीको बैठक बोलाउने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । पौडेलले १६ गते मंगलबार १ बजेका लागी बैठक बोलाईएको बताएका हुन् ।

आईतबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका लागि पुर्व निर्धारित कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल चलाईएको थियो । यस अघि नै कांग्रेसले आगामी २०७७ फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति तोकिसकेको थियो । महाधिवेसनको मिती तोकिए लगत्तै नेपालमा कोरोना महामारी शुरु भएकै कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका सबै काम रोकिएका छन् । रोकिएका यिनै कामलाई अगाडि बढाउने वैकल्पिक बाटो तय गर्न र महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने बिषयमा केन्द्रित रहेर छलफल गर्न केन्द्रीय समिति बैठक डाकिएको नेपाली काँग्रेसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here