भारत ८५ रनले चुक्यो टि-२० विश्वकपको ट्रफी उचाल्न

0
221

आईसीसी महिला टी-२० विश्वकपको फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ८५ रनले हराएर पाँचौं पटक विश्वकप ट्रफी जितेको छ। टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले  २० ओभरमा ४ विकेट गुमाएर भारतसामु १८५ रनको लक्ष्य प्रस्तुत  गरेको थियो  ।  जवाफी ब्याटिंगमा   उत्रेको भारतलाई १९.१ ओभरमा ९९ रनमा अल आउट गर्न अस्ट्रेलिया सफल भयो ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाकी ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर सर्वाधिक ७८ रन बनाइन। भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाइन । नियमित अन्तरले विकेट गुमाएपछि भारतले ८६ हजार दर्शक अगाडि कमजोर प्रदर्शन गरेको थियो ।

अस्ट्रेलियाले छैठौं पटक फाइनल खेल्दै थियो भने भारतले  पहिलो  पटक टी-२० विश्वकप फाइनल खेलेको हो ।  यसअघि अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here