प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मतदान सुरु

0
143

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मंगलबार साढे २ बजे मतदान सुरु भएको छ । नेकपाले प्रदेशको नाम जानकी र राजधानी जनकपुर कांग्रेसले नाम मिथिला भोजपुरा र राजधानी जनकपुर दर्ता गराएको छ ।

पहिलो चरणमा नेकपाको प्रस्ताव जानकी प्रदेशका लागि मतदान भइरहेको छ । मतदान सकिने बित्तिकै मतगणना हुनेछ । मत दुई तिहाई पुगे प्रदेशको नाम र राजधानी घोषणा हुनेछ । दुई तिहाई नपुगे कांग्रेसको प्रस्ताव मिथिला भोजपुरामा मतदान हुने संसद  सचिवालयले जनाएको छ ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाई मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरि ५५ जना छन् । दुई तिहाईका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३१ , कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here