पथरीकी रिजु भईन मिस पुर्वान्चल २०१९

0
172

शनिबार धरान स्थित धरान  सभागृहमा सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल को दसौ संस्करणको  ताज  आफ्ना १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै पथरी सनिस्चरे- मोरंगकी   रिजु भट्टराईले पहिरिएकी छिन् ।

टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ  गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको उत्तरमा मिस पथरी सनिस्चरे २०१९ कि बिजेता समेत रहेकी रिजुले  “भागवत गिताका अनुसार तपाईँले आफ्नो धर्म र कर्तब्य निर्बाह गर्नु सधैँ उत्तम हुन्छ । यो ब्रह्माण्डमा सबैको आफ्नो धर्म र कर्तब्य हुने गर्दछ ।मेरो बिचारमा नेपाल भ्रमण बर्ष 2020 लाई सफल पार्न सबभन्दा महत्वपुर्ण कुरा भनेको आफुलाई सुधार्नु हो ।हामी हिमाल पहाड वा तराइ जहाँको भए पनि पर्यटनलाई प्रबर्धन गर्न आ आफ्नो कर्तब्य पालन गर्न भुल्नु हुँदैन ।मलाई बिश्वाश छ परिबर्तन भन्ने कुरा आफैँ भित्रबाट आउने गर्दछ ।तसर्थ हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नुपर्दछ । ” भन्ने उत्तर दिएर सम्पूर्ण निर्णायक तथा दर्शकहरुको समेत ताली पाएकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here