नयाँ वर्षसंगै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

0
170

चारसय करोड रुपयाँ लगानी गर्दै झापाको बिर्तामोडमा निर्माण गरिएको सुविधा सम्पन्न पूर्वाञ्चल क्याससर अस्पतालले पुस १६ गतेबाट नियमित सेवा सुचारु गर्ने भएको छ । अस्पताल परिसरमा आज पत्रकारसम्मेलनको आयोजना गर्दै दक्षिण एशियामै पहिलो पटक अत्याधुनिक उपकरण सहितको अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको र सन् २०२० जनवरी १ तारिकबाट नियमित सेवा सुचारु गर्ने जानकारी दिइयो ।

तीन सय शैयाको अस्पताल पहिलो चरणमा एक यस वेड मात्र सञ्चालनमा ल्याइने अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बताए । उनले भने –‘यो अस्पतालले अब अन्तराष्ट्रियस्तरको सेवा दिन्छ । अस्पतालमा जडान गरिएका सबै उपकरण अत्याधुनिक छन् ।’

अस्पताल सञ्चालक प्रसाईले अस्पतालमा भित्र्याइएको उपकरणले क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन नेपालमै पहिलो पटक पूर्वाञ्चल क्यासन अस्पतालमा रहेको दावी गरे । उनले भने – ‘पेट सिटी स्क्यान’ मेसिन दिल्ली र सुंगापुर बाहेक अन्त छैन । अहिले कोही विरामी भए पेट सिटी गर्न कि सिङ्गापुर कि त दिल्लीस्थित मेदान्त अस्पताल नै पुग्नु पर्छ ।’

अस्पतालमा महिलाको स्तनक्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्री डी म्यामोग्रामसमेत ल्याइएको छ । अस्पतालमा शल्याक्रिया गर्नका लागि पाँचवटा मोडुलर शल्याक्रिया कक्ष रहेको प्रसाईको भनाई छ । अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने निर्देशक प्रसाईंले बताए । उनले भने – ‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ एक जना विरामीको निःशुल्क रेडिएसन दिएर सेवा सुरु गर्छाैं ।

नेपालसहित भारत, वंगलादेश भुटान र दक्षिण एसियाकै क्यान्सरका रोगीलाई उपचार गर्दै झापालाई चिकित्सा क्षेत्रको ‘हव’ बनाउने उद्धेश्यले क्यासर अस्पताल तयार गरिएको हो प्रसाईले भने – यहाँ उपचारका लागि चीन बाट समेत विरामी आउने भएका छन् । जसका लागि प्याकेजमा उपचार गर्ने गरिको तयारी भइरहेको छ । अस्पतालमा भित्र्याइएका उपकरण सहित सेवाको विषयमा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्रकुमार यादवले प्रकाश पारेका थिए ।

६ सय करोड रुपैयाँ लगानी गर्दै झापामा सञ्चालनमा रहेको विएण्डसी अस्पतालसंगै रहेको छ पूर्वाञ्चल क्यासर अस्पताल पनि । विएण्डसीलाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्न अन्तिम तयारी गरिएपनि सम्वन्धनका कारण अस्पतालले मेडिकल कलेज सञ्चालन गर्न सकेको छैन । वीएण्डसीले मेडिकल कलेज र तीन सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पतालले नियमित सेवा दिन शुरु गरेपछि झापा स्वास्थ्य क्षेत्रका लागि हव बन्ने निश्चित छ ।

अस्पतालको सेवा सुरु हुनुअघि नै ४० जना बढी बिरामी आइसकेको मेडिकल डाइरेक्टर यादवले बताए । अन्य अस्पतालमा उपचार गराएका र भारतको विभिन्न ठाउँका बिरामी पनि आइरहेको उनको भनाइ छ ।

‘सरकारले पर्यटकीयस्थललाई मात्रै भ्रमण वर्ष भनेर प्रचार ग¥यो’, प्रसाईंले भने, – ‘हामी नेपाललाई मेडिकल टुरिजमको ‘हब’ बनाउन चाहँन्छौं ।’ नेपालका विभिन्न क्षेत्रसँगै भारत, बंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको प्रसाईंले जानकारी दिए ।

दुर्गा प्रसाईले अहिले स्वास्थ्य क्षेत्रका लागि झण्डै एक हजार करोड रुपैयाँ लगानी गरेका छन् । चिकित्सा शिक्षा अध्ययनका लागि नेपालबाट बर्षेनि हजारौं विद्यार्थी बंगलादेश जाने गरेका छन् । तर, वंगलादेशवाट हरेक वर्ष स्वास्थ्य उपचारका लागि २१ लाख वंगलादेशी भारत जाने गरेको वंगलादेशका लागि नेपाली दुतावास नियोगका उपप्रमुख धनवहादुर ओलीले बताए । उनले भने आँखाको उपचारका लागि नेपालमा राम्रो उपचार हुन्छ ।त्यस्तै क्यान्सरका लागि समेत पूर्वाञ्चल क्यान्सर अस्पतालले गुणस्तरीय सेवा दिन शुरु गरेसंगै झापामा उपचारका लागि आउने वंगलादेशी नै बडी हुन्छन् ।

क्यन्सर अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहँदा अस्पतालले क्यान्सरको उपचारमा प्रयोग हुने बिम लिनर एक्सिलेरेटर, ब्रेकी थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर–डी सिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानलगायत उपकरण जडान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here