दिल्ली मलाई हटाउन खोज्दैछ:प्रधानमन्त्री

0
299


काठमाडौँ,असार १४ । ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटे भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन’ मदन भण्डारी फाउण्डेसनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन । आफ्नो नेतृत्वको सरकार ढाल्नका लागी यतिबेला आफ्नै पार्टी भित्र बाह्य शक्ती खेल्न थालेको भन्दै प्रधानमन्त्री ओलीले, नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापे बापत यतिबेला दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको सन्दर्भ निकाल्दै उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले, दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियता प्रति कटाक्ष गर्दै अहिले भई रहेका गतिवीधि आफूलाई हटाउने खेलमा केन्द्रित रहेको स्पष्ट रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कार्यक्रममा बताए, ‘दिल्लीका सञ्चार माध्यमहरु सुन्नुहोस । यहाँका होटेलहरुमा भइरहेका गतिविधिहरु हेर्नुहोस्, एम्बसीको सक्रियताले पनि त्यो देखाइरहेको छ ’, प्रधानमन्त्रीले यि यावत सकृयता र गतिविधी प्रति टिप्पणी गर्दै अगाडि उल्लेख गरेका छन्, ‘तर अहिले नेपालको राष्ट्रियता त्यति कमजोर छैन कि आफ्नो भूमि समेटिएको नक्सा छाप्दैमा सरकार ढल्नु परोस् ।
प्रधानमन्त्रीले,आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेखे नै उचित हुने भन्दै आफु अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताए । आफ्नो अघिल्लो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री ओलीले, आफुले चीनसँग ब्यापार तथा पारवहन सन्धी गरेकै आधारमा अघिललो पटक आफ्नो सरकार गिराउन सफल रहेको शक्ती पुनः यतिबेला नेपालको आफ्नो भुभाग समेटेर आफु नेतृत्वको सरकारले नयाँ नक्शा सार्वजनिक गरेपछि तिल्मिलाएर वर्तमान सरकार विरुध्द अनेक दाउपेचमा लागेको भन्दै ओलीले त्यतिबेला आफुले अल्पमतको सरकारको नेतृत्व गरेकाले षडयन्त्रमा सफल भएको शक्तीले फेरी त्यही परिपञ्च रच्न खेजेको भन्दै चेतावनीपुर्ण र्शैलीमा बताए्, अहिलेको सरकार कमजोर छैन । यो बहुमतको सरकार हो, त्यसैले कसैले दिवासप्न नदेखुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here