दिल्लीमा आईपिएलको खेल नहुने

0
171

कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपिएल ) को प्रतियोगिता गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् । उनले भने , ‘हामीहरुले दिल्लीमा कुनै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौं , जसमा धेरै सङ्ख्यामा मानिसहरु जम्मा हुन्छन, जस्तै आईपिएल । ‘

कोरोनाको प्रकोप रहेसम्म आईपिएल हुनेछैन र खेलसँग सम्बन्धित अन्य कुनै ठूलो आयोजनाका खेल पनि हुने छैनन् ।

खाली स्टेडियममा आईपिएल गर्न मिल्छ भन्ने प्रश्नमा उपमुख्यमन्त्री सिसोदियाले भने , ‘हामीले मानिसहरुको भिड रोकेका हौँ ,यदि आईपिएलमा आयोजक कुनै नयाँ फर्म्याटमा आउछ भने त्यसमा केहि विचार गर्न सकिन्छ ।’

दिल्लीमा आईपिएलअन्तर्गतको पहिलो खेल मार्च ३० मा हुने तय भएको छ । दिल्लीमा जम्मा ७ ओटा खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here