ताप्लेजुङकी १११ वर्षीया फुलमाया रहिनन्

0
189

ताप्लेजुङ / जिल्लाको पाथीभरा याङ्वरक २ थेचम्बूकी फुलमाया हेम्ब्या लिम्बुको निधन भएको छ । १ सय ११ वर्षीया लिम्बुको गत पुस ९ गते २ वजे निधन भएको हो ।

७४ वर्षीय छोरा दमशेर मेन्याङ्बो छोरासँग बसेका उनी जीवन भर औसधि उपचार गरेनन् । वि.सं. १९६५ चैतमा जन्मिएकी लिम्बु निधन अघि पनि घरायसी काम गर्थिन । जेष्ठ नागरिक लिम्बुलाई गाउँपालिकाले २ लाख ५० हजार खर्चिएर घर समेत बनाइदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here