जापानमा कोरोना भाइरसको महामारी, मंगलबारबाट लकडाउन सुरु हुन सक्छ।

0
583

प्रधानमन्त्री शिन्जो आबेले सोमबार विज्ञहरूसँग भेट गर्ने बताइएको छ, जसमा आपतकालिन अवस्था बारे विचार गरिनेछ। विश्वव्यापी महामारीको खतरालाई ध्यानमा राख्दै विज्ञहरूले कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। सरकारले मंगलबारदेखि टोकियोमा आपतकालिन घोषणा गर्न सक्ने छ ।

जापानमा कोरोना महामारीको जारी छ। देशको राजधानी टोकियो बाहेक, कोरोनाबाट संक्रमित बिरामीहरूको संख्या धेरै क्षेत्रमा बढ्दो छ। यस तथ्यलाई ध्यानमा राख्दै सरकारले आपतकालिन घोसणा प्रस्ताव अघि सारेको छ। आइतवार १४८ कोरोना बिरामी टोकियोमा देखा परे, यस्तो अवस्थामा सरकारले कडा कदम चाल्ने विचार गरिरहेको छ ।

जापानमा कोरोना बिरामीहरूको संख्या निरन्तर बढ्दैछ। यद्यपि युरोपका देशहरूको तुलनामा यो संख्या धेरै कम छ। आइतवार, टोकियोमा एक दिनमा सबै भन्दा बढी १४८ बिरामीहरूमा कोरोन भाइरस पोजेटिभ देखियो । तीव्र गतिमा बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले कडा कदम चाल्न दबाब रहेको छ।

टोकियोका गभर्नर युरीक कोइकेले मानिसहरूलाई अत्यन्त महत्त्वपूर्ण काम बाहेक घर बाहिर नजान आग्रह समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here