ग्यासको सट्टा बिजुली प्रयोग गर्नुहोस्

0
121

उपभोक्तालाई ग्यासको लाइनमा नबस्न नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले आग्रह गरेका छन् ।

उनले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन आग्रह गर्दै अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको दावी गरेका छन् ।

‘ अहिले ग्यासको लाइनमा बस्नु भन्दा इन्डक्सन चुल्हो किनेर खाना पकाएमा उत्तम हुन्छ , हामीले अहिले बिजुली नियमित बनाएका छौं , लोडसेडिङ्ग छैन उपभोक्ता ग्यासको लाइनमा नबसेकै राम्रो हुन्छ। ‘ उनले भने ।

उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङ्गले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here