कोभिड-१९ के हो,कसरी बच्न सकिन्छ :डा. राजेश कुमार मण्डल

0
1135

डा. राजेश कुमार मण्डल,कन्स्लट्यान्ट फिजिसियन,भेरी अञ्चल अस्पताल

कोभिड-१९ कोरोन भाइरस एउटा सरुवा रोग हो। जुन serve respiratory syndrome corona virus 2 (SARS-CoV2)बाट संक्रमण हुन्छ। सन् २०१९ डिसेम्बर मा चीनको वुहानमा पहिलो पटक देखिएको हो।
विश्व स्वास्थ्य संगठन (WHO)ले मार्च २०२० मा कोभिड-१९ लाई माहामारी घोषणा गरेको हो। अहिले सम्म विश्वको २०० भन्दा वढि देशमा फैलिसकेको छ । हाल सम्म १५ लाख व्यक्ति संक्रमित र ९० हजार को मृत्यु भै सकेको छ।

यो भाइरस एक मानिस बाट २ मिटर को दुरीमा भएको अर्को मानिसमा सजिलै सर्न सक्छ। यो भाइरस खोक्दा, बोल्दा र हाछ्यु गर्दा निस्किने मसिना छिटा(respiratory droplets) बाट सर्दछ।
कोभिड-१९ भएका व्यक्तिमा २-१४ दिन भित्रमा लक्षण देखा पर्न सक्छ। उच्च ज्वरो आउने, सुख्खा खोकी, स्वास फेर्न गाह्रो हुने मुख्य लक्षण हुन् यदपि विना लक्षण नि कोरोना संक्रमण भएको हुन् सक्छ। अरु लक्षणहरुमा घाटी दुख्न्ने सहन शक्ति कम हुने, जिउ दुख्न्ने, वान्ता हुने, पखाला हुन सक्छ। गम्भीर विरामीमा निमोनिया पनि हुन् सक्छ र मल्टि अर्गान फेल(multi organ failure) भई मृत्यु समेत हुन सक्छ।

WHO र CDC ले कोभिड-१९ बाट बच्न निम्न कुराहरु सुझाएको छ
यदि आफुलाई रुघाखोकी, ज्वरो आएमा अस्पताल गई जाँच गराउनु पर्छ। साधारण रुघाखोकी,ज्वरो आएमा घरमै वसि औषधि सेवन गर्नु पर्दछ र आराम गर्नु पर्छ। घरका अरु सदस्य संग दुरी बनाई राख्नु पर्छ। होम आइसोलेसन (home isolation) मा बस्दा स्वास फेर्न गाह्रो भएमा वा धेरै ज्वरो आएमा तुरुन्त अस्पतालमा सम्पर्क गर्नु पर्छ। साथै आफुले प्रयोग गरेका कपडा, भाडा, वर्तन, वाथरुम परिवारका अन्य सदस्यलाई यस्ता वस्तुको सम्पर्कमा आउन दिन हुदैन।
कोरोना लागेर उपचार खोज्नु भन्दा लाग्न नदिनु नै उतम उपाय हो।अहिले विश्वका धेरै देश लक डाउन मा छ। नेपालमा पनि लक डाउन गरिएको छ र यो किन जरुरी छ भनेर बुझ्नु आवश्यक छ। एक विरामीले औसत २.५ जनालाई संक्रमण गराउछ। एक महिनामा पहिलो संक्रमित व्यक्तिले ४०६ जनालाई संक्रमण सार्न सक्छ। त्यसैले छिटैनै सारा समाज र देश भरि नै कोरोना फैलिन सक्छ। त्यसैले लक डाउनको वेलामा घर भित्र बस्न जरुरी छ।अत्यावश्यक काम वाहेक वाटोमा हिड्डुल गर्न वर्जित छ। यदि घर बाट बाहिर जानै पर्ने काम भएमा अन्य व्यक्ति देखि आवश्यक दुरी (physical distancing)कायम राख्नु पर्दछ।

लक डाउनाले भाइरस फैलिने चक्र (transmission chain) कम गराउदछ (flatten the curve of infection)। यसैले हामीले यस्ता उपाय अपनाउदा सिमित स्रोत र साधनमा पनि कोरोना माहामारी रोकथाम गर्न सकिन्छ। कोरोना भाइरसको भ्याक्सिन (vaccine) अझै आई सकेको छैन एन्टी भाइरल(anti viral) औषधि पनि विकासको क्रममा नै रहेको छ त्यसैले भाइरस बाट बच्न र बचाउन सावधानीका उपाय अवलम्वन गर्नु बाहेक विकल्प छैन त्यसैले रोग लागि सके पछि उपचार खोज्नु भन्दा रोग लाग्न नदिनुनै वुद्दिमानी हुन्छ।

डा. राजेश कुमार मण्डल
कन्स्लट्यान्ट फिजिसियन
भेरी अञ्चल अस्पताल, नेपालगन्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here