एनएसएको उपस्थितीमा प्रधानमन्त्रीको राजीनामाको माग

0
229

काठमाडौं,असार १९ । पार्टी भित्र उब्जिएको विवादका सम्बन्धमा छलफलमा बसेका पार्टी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच त्यस्तो उल्लेख नै गर्नु पर्ने खालको सहमती बन्न सकेन । दुबै नेताहरु बिच आपसी मन माझामाझ भएको भए पनि विवादको हल समेत ननिक्लिएको समाचार श्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह बिहान ११ बजेबाट दुबै नेता वार्तामा बसेका थिए । अध्यक्षद्वयलाई पार्टीका महासचिव बिष्णु पौडेल र अर्का नेता जनार्दन शर्माले सहजीकरण गरेका थिए । तर चार घण्टासम्म वार्तामा बसेका नेताहरु पुन भोली शनिबार स्थायी समितीको बैठक अगाडि एक पटक बस्ने भन्दै बैठक टुँग्याएर निस्किएका छन् ।

सत्तारुढ दल नेकपा भित्र नेतृत्वतहमा चुलिएको विवाद कार्यकर्ता स्तरमै पुगेपछि गत असार १० गतेबाट शुरु भएको स्थायी समितीमा यसले चर्कै रुप लिएको थियो । स्थायी समितीको बैठकको गत असार १८ गतेसम्मको छलफलमा सहभागी झण्डै दुई दर्जन सदस्यहरु मध्ये अधिकांशले प्रधानमन्त्री के पि शर्मा ओलीले पाटीृ अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नु पर्ने धारणा राखेकै कारण पनि विवादले उत्कर्ष रुप लिएको थियो । स्थायी समिती सदस्यले मात्रै हैन पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेतले ओलीको राजीनामा माग गरेकै कारण प्रधानमन्त्री ओली आफ्नै निवास परिसरमा आयोजित स्थायी समितीकै बैठकमा अनुपस्थित हुन थालेपछि पाटीृ भित्रको संकट झनै गहिरिएको संकेत मिलेकै बेला पार्टी, प्रतिपक्षी राजनैनैतिक दल, प्रतिनीधि सभाका सभामुख एवं राष्ट्रिय सभाका अध्यक्ष समेतको जानकारी बिना नै प्रधानमन्त्रीले गत बिहीबार चाल् संसदको बर्षे अधिवेसन अन्त्यको शिफारिश गरका थिए । प्रधानमन्त्रीको यो पछिल्लो कदमले पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्मै तरंग मात्रै ल्याएन कतै एकताले पुर्णता नपाउँदै पार्टी फुटको दिशातर्फ त गएको हैन भन्ने प्रश्नले पार्टी पंक्तिलाई नै चिन्तित तुल्याएको थियो ।

पार्टी भित्र नेतृत्वतहमा देखिएको विवादले चरमरुप लिने संकेत पाएकै कारण पार्टीका दोश्रोतहका नेताहरुले पार्टीका दुबै अध्यक्षहरुलाई शनिवार बस्ने स्थायी समितीमा सहमती गरेर आउने भन्दै दुई दिनका लागी गत बिहीबार स्थायी समितीको बैठक नै स्थगित गरेर समय दिएका थिए । पार्टीको दोश्रो तहका नेताहरुकै पहलमा आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरु बिच सम्वाद भएको हो । यता दुबै अध्यक्षहरु सम्वादमा रहँदै गर्दा कृषी मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई समेतको सकृयतामा स्थायी समितीका ११ जना प्रभावशाली सदस्यहरुले एकै मतले दुबै अध्यक्षहरु मिल्नु पर्ने र पार्टी विभाजनको स्थिती नल्याउन दवाव दिने निष्कर्ष निकालेका छन् । मन्त्री भुषालको सरकारी निवास हरिहरभवनमा बसेको बैठकमा भुषाल, भट्टराई समेत बर्षमान पुन,बिष्णु रिमाल, टोपबहादुर रायमाझी लगायतका नेताहरु उपस्थित थिए । उनिहरुको संयुक्त निर्णय लिएर मन्त्री भुषाल बालुवाटार गएर दुबै अध्यक्षलाई सुनाएका थिए ।

१ज्ञ बजेबाट शुरु भएको अध्यक्षद्वयको वार्ता अपरान्ह ३ बजेसम्म चलेको थियो । तर त्यस्तो उल्लेखनिय सहमती भने कायम हुन सकेन । उक्त बैठकबारे प्रधानमन्त्री ओली निकट श्रोतले,“दुई अध्यक्षले आ आफ्नो तितो  विस्तारपूर्वक राख्ने काम भयो । तर, ठोस निष्कर्ष निस्कन सकेको छैन । तर आजको बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने कोसिस गरेको ” बताएको छ ।

दुई अध्यक्षलाई सहजीकरणका लागी बैठकमा सहभागी महासचिव विष्णु पौडेल र सहमतीमा फर्काउने प्रयास गरेको समेत समाचारश्रोतले बताएको छ । पौडेल र शर्मा जेठ दुई गते दुबै नेताहरु बिच भएको सहमतीमा समेत सहभागी थिए । त्यसैले पनि उनीहरूले जेठ दुई गतेकै सहमतिमा फर्काउने र एकतालाई दुर्घटनामा जान नदिन प्रयत्न गरेको भएपनि आज भएको बैठकले कुनै निष्कर्ष भने दिएन ।

समाचार श्रोतले, दुबै अध्यक्षहरुले आज भएको छलफलका आधारमा आफु निकट नेताहरु सँग छलफल गरि पुनः भोलि स्थायी कमिटी बैठकभन्दा अगाडि छलफल गर्ने सहमती दुबै नेता बिच भएको बताएको छ ।

काठमाडौंमा एनएसए

सत्तारुढ दल नेकपाभित्र आन्तरिक संघर्ष चुलिएकै बेला छिमेकी मुलुक भारतको नेसनल सेक्युरिटी एजेन्सी(एनएसए)को एउटा टोली राजधानी भित्रिएको छ । यो टोली भित्रिए लगत्तै नेकपाको जारी स्थायी समिती बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । यो समाचारसँग सम्बन्धित बिषयमा एक सुरक्षा श्रोतसँग जिज्ञाशा राख्दा उसले समाचारको पुष्ट्याईं गर्दै, ‘सरकारको जानकारीमै यो टोली आएको हुनसक्छ’ भनि बताएको छ ।

गत असार १५ गते राजधानी भित्रिएको यो टोलीका सदस्यहरु ललितपुरको भिभान्ता, काठमाण्डौको म्यारियट होटेलमा बाँडिएर बसेको बताईएको छ । भारतीप्य प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकामर अजित डोभालको मातहत रहेर काम गर्ने यो संस्थाका प्रतिनीधिहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग सोल्टी होटलमा सामुहिक भेट गरेको थियो । यस्तै नेपाली कांग्रेसका नेताद्धय विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौलासँग पनि सो टोलीले बेग्लाबेग्लै भेट गरेको बताईएको छ । नेपालका राजनयिकहरुसँग एनएसएका प्रतिनीधिहरुको भेटघाटका लागी नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सहजीकरण गरेका थिए । भारतीय गुप्तचरहरुको काठमाण्डौमा बढ्दो राजनैतिक गतिविधी तर्फ संकेत गर्दै गत मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार गिराउन चलखेल गरेको बताएका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here