उपत्यकाको ५० ठाउँमा स्यानिटाइजर स्टेशन राखिने

0
157

नेपाल स्काउटले विश्वभर फैलिएको कोरोनाको महामारिविरुद्ध उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाइजर स्टेशन राख्ने भएको छ । 

नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उपत्यकामा संचालित ५० भन्दा बढी क्रुयुलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन् ।

उनका अनुसार उपत्यकाका ५० स्थान छनोट गरि ३ देखि ५ जनाको प्रशिक्षित स्वयंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका , स्यानिटाइजरको प्रयोग , पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here