आवश्यकताभन्दा बढी ग्यास नथुपार्नुस : आपूर्ति मन्त्रालय

0
309

आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास थुपारेर नराख्न उपभोक्तालाई सरकारले आग्रह गरेको छ । बजारमा ग्यासको खपत नियमितभन्दा धेरै देखिएकाले उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर ग्यास मौज्दातमा नराख्न उपभोक्तालाई आग्रह गरेको हो ।

बजारमा आपूर्ति सहज गर्न यो महिना नियमित आपूर्तिभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास आयातको प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन प्रभावकारी रुपमा अगाडि बढाएको जनाएको छ ।

विगतमा झैं उपभोक्ताहरुलाई नियमित तरिकाले वस्तुहरु उपभोग गर्न तर अनावश्यक मौज्दात नराख्न आग्रह गरिएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here