आईतबारसम्मका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

0
212


काठमाण्डौ, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चुलिएको विवादलाई जारी स्थायी समितीको बैठकले अझ चर्काए पछि पार्टी भित्रको विवाद आपसी सहमतीमा मिलाउने भन्दै आईतबारसम्मका लागि स्थगित गरिएको छ । गत मंगलबार र बुधबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओली प्रति ब्यक्त गरेको धारणाले नै पार्टी भित्र असहज वातावरणको सिर्जना गरेको थियो । छलफलमा सहभागीता जनाउँदै स्थायी समिती सदस्यहरुमात्रै हैन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले समेत प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैको नेतृत्व छाड्नु पर्ने बताएपछि प्रधानमन्त्री ओली र उनको समुहले यसलाई प्रतिष्ठाको बिषय बनाएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको तीब्र सत्ता मोह र सरकारमै पनि सरकार सञ्चालनमा देखिएका केही बेथितीका कारण यतिबेला पार्टी भित्र विवाद चुलिएको हो । आफ्नो नेतृत्वमा सरकार गठन भएको महिना दिन पनि नबित्दै आफ्नै पार्टी भित्रबाट प्रहार खेप्दै आएका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको यो २५ महिनामा प्रतिपक्षी दलबाट त्यति साह्रो प्रहार खेपेनन् जति आफ्नै पार्टीबाट उनिमाथी प्रहार भएको थियो । आफ्नै पाटीृ भित्र पटक पटक सरकारका कामका बारेमा छलफल चलाउँदा समेत सकारात्मक सहयोग नपाएकै कारण प्रधानमन्त्री ओली आफ्नो लक्ष्यमा एक्लै हिंड्न बाध्य भएकै कारण अहिले पार्टीभित्र त्यसैलाई लिएर उनको चर्को विरोध हुन थालेको छ । जसको केही स्वरुय जारी स्थायी समितीमा देखा परेको छ ।
पाटीृ भित्र सहमती कायम गरेर जाने प्रयास गर्दै आएका प्रधानमन्त्रीमाथी प्रहार शुरु गरिए पछि पार्टी समेतलाई बेवास्ता गर्दै आफ्नै ढंगले जाने संकेत प्रधानमन्त्रीबाट पाएकै कारण आज बिहीबारको स्थायी समिती बैठक केही बेर चलेर पार्टीका दुई अध्यक्ष बिच सहमती कायम गर्ने भन्दै आईतबार सम्मका लागी स्थगित गरिएको हो । गत मंगलबार र बुधबारको छलफलमा असन्तुष्ट सदस्यहरुबाट प्रहार शुरु भए लगत्तै रक्षात्मक बन्न पुगेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान मन्त्री परिषदको आकस्मिक बैठक बोलाएकबा थिए । बैठक अघि प्रधानमन्त्रीले झण्डै एक घण्टा राष्ट्रपतीसँग परामर्श गरेका थिए । राष्ट्रपतीसँगको परामर्श पछि बसेको मन्त्रीपरिषद बैठकले चाल् संसदको अधिवेशनको अन्त्य गर्ने शिफारिश सरकारले राष्ट्रपती समक्ष गर्ने निर्णय गरे लगत्तै राष्ट्रपती कार्यालयले बिहीबार पाँच बजेबाट चालु संसद अधिवेसनको अन्त्य गरेको सुचना सार्बजनिक गरेको छ । प्रधानमन्त्री ओली राष्ट्रपतीलाई भेटेर फर्किए लगत्तै पार्टीका अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपतीसँग भेटेर प्रचण्ड फर्किए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमै पार्टी स्थायी समितीको बैठक शुरु भए लगत्तै स्थगित गर्ने निर्णय सुनाईएको थियो आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए ।
पाटीृ भित्रको दवावका कारण रक्षात्मक भएका प्रधान मन्त्रीले असमय नै संसद अधिवेसन अन्त्य गर्ने निर्णयले पार्टी भित्रको विरोधी खेमालाई समेत रक्षात्मक बनाएको संकेत मिल्न थालेको छ । स्थायी समिती बैठक स्थगित गरेर पार्टी भित्र प्रधानमन्त्री र पार्टी अध्यक्षको राजीनामा माग गर्ने अर्का अध्यक्ष प्रचण्ड यतिबेला सहमतीका लागी ओलीसँग सम्वादको क्रममा छन् । बिहीबार अचानक बिकसित भएको नयाँ सन्दर्भका बारेमा एक स्थायी समिती सदस्यले, कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको बताएका छन् । पाटीृ प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै नेताहरुलाई सहमती कायम गर्न शुक्रबार र शनिवार दुई दिनको समय तोकेको बताएका छन् । आज बिहीबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा बैठकलाई ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन समय प्रदान गरेको हो ।
अध्यक्ष प्रति अभद्र स्थायी समिती
जारी स्थायी समिती बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट पक्षले अभद्रता देखाएकबाृ आरोप ओली पक्षले लगाएको छ । यहि अभद्रताका कारण पनि पार्टी गम्भीर संकटमा पुगेको उनिहरुको दावि छ । गत साताबाट शुरु स्थायी समिती बैठकमा ओली पक्षका सदस्यहरुको बोल्ने क्रम शुरु भएकै छैन । बैठकमा अहिले सहभागीहरु मध्ये अधिकांशले ओलीको विपक्षमा धारणा राखेका र कतिपयका धारणाले अभद्रता ब्यक्त गरेको ओली पक्षले बताएको छ । र यसले पार्टीलाई नै संकटमा पु¥याएको बताउने उनिहरुले असन्तुष्ट पक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले छोड्नुपर्ने अडान राखेपछि संकट गहिरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here