अर्ली महाधिवेसन विपक्षलाई मन्जुर छैन

0
60

पार्टी नेतृत्व बिचको ब्यक्तिगत स्पध्र्दाको विवादले बिघटनकै स्थितीमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा पछिल्लो चरणमा ‘अर्ली महाधिवेसन’को बिषय चर्चामा आएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष के.पि. शर्मा ओलीले दुबै पद छाड्नु पर्ने भन्दै पार्टी भित्रै विवाद झिके पछि गत असार १० गते बाट शुरु भएको पार्टी स्थायी समितीको बैठक समेत अन्यौलमा पुगेको छ । गत असार १८ गतेबाट स्थायी समिती बैठक पार्टी शिर्षस्थ नेताहरु बिच सहमती जुटाउने नाममा पटक पटक स्थगित हुँदै आएको छ । नेताहरु बिचको ब्यक्तिगत कुण्ठाको शिकार यतिबेला स्थायी समिती बैठक बन्न पुगेको छ । स्थायी समिती बैठक बस्न नसकिरहेको यो स्थितीले आम जनता र स्वयं कार्यकर्ताहरु बिच नै यतिबेला पार्टीको भबिष्यलाई लिएर चासो उत्पन्न हुन पुगेको छ । यसै स्थितीको आंकलन गरि गत शनिबार बसेको पार्टी सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आगामी मंसिर भित्रै पाटीृको एकता महाधिवेसन गरेर पार्टी नेतृत्वको जिम्मेवारी तय गर्ने प्रस्ताव राखेपछि कार्यकर्ताबिच पार्टी एकतामा खलल पुग्ने हो कि भन्ने चिन्ता भने केही हदसम्म मत्थर भएको अनुभव गर्न थालिएको छ ।

सत्तारुढ दल भित्र गत महिना देखि नेतृत्वतहमा चुलिएको किचलो पार्टीको विचार र सिध्दान्तको विवाद भन्दा पनि पद र प्रतिष्ठासँग जोडिएका कारणले पनि प्रधानमन्त्री ओलीले पार्टी भित्र यस्ता बिषयले संस्थागत हुने अवसर पाउँदा यस्ता बिषय पार्टीमा संस्कारकै रुपमा रहने भएकाले बरु बैधानिक बाटोबाटै नेतृत्व परिवर्तनको मध्यमार्गी उपायका रुपमा अर्ली महाधिवेसनको प्रस्ताव शनिवारको सचिवालय बैठकमा राख्नु भएको वहाँ निकट श्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको उक्त प्रस्तावलाई लिएर नेकपाको ओली ईतर खेमामा समेत हलचल ल्याएको छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेसनको प्रस्ताव राख्नु र लगत्तै दुबै अध्यक्ष ओली र प्रचण्डले राष्ट्रपती बिद्या भण्डारीसँग भेट गरेका कारण पनि ओली ईतर खेमामा  दुई अध्यक्ष बिच सहमती भएको भन्ने खालका समाचर समेत बाहिरिए पछि बिरोधी खेमाभित्रै अनेक शंका उपशंकाहरु उब्जिएका थिए । तर अर्ली महाधिवेसनको चर्चासँगै दुई अध्यक्ष बिच सहमती भएको भन्ने खालका समाचारलाई प्रचण्डको सचिवालयले खण्डन गरिदिएपछि भने उनको समुह केही मत्थर हुन पुगेको थियो । आईतबार बिहानै प्रचण्ड निवास खुमलटारमा भेला भएका नेकपाका शीर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका अन्य स्थायी समितीका सदस्यहरु समक्ष अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले राख्नु भएको ‘अर्ली महाधिवेसन’को प्रस्तावलाई ठाडै अस्विकार मात्रै गर्नु भएन आफुहरु बिच कुनै पनि सहमती नभएको र ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने आफ्नो अडान कायमै रहेको बताउनु भएको थियो ।

प्रचण्डले भेला भएका नेकपा नेताहरुलाई स्पष्ट पार्दै, ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन।  सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’,भनि बताएका थिए । समाचार श्रोतले बताए अनुसार, प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको बताउँदै उनले, यसमा आफ्नो सहमती नरहेको साथै मंसीर मै महाधिवेसन सम्भव पनि नभएको बताएका थिए ।

शनिबारको सचिवालय बैठक लगत्तै दुबै अध्यक्षबिच सहमती भएको भन्दै सभमाचार बाहिरिए पछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थाले पछि स्थितीलाई स्पष्ट पार्न भन्दै नेताहरु बिच आईतबार प्रचण्ड निवासमा छुट्टै छलफल भएको हो । छलफलमा प्रचण्डले सचिवालयका सदस्य माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समीकरण नबनेको कुरा प्रष्ट पारेका थिए । उक्त भेलामा ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरे लगत्तै अध्यक्ष प्रचण्डले,पार्टी तथा सरकारको बारेमा आफ्नो जे अडान थियो त्यो अझै कायमै रहेको र त्यसमा कुनै प्रकारको शंका उपशंका नगर्न नेताहरु समक्ष आग्रह समेत गरेको प्रचण्ड निकट श्रोतले बताएको छ ।

शनिबार बेलुकीबाट प्रचारमा आएको अर्ली महाधिवेसनको विपक्षमा असन्तुष्ठ खेमाहरु एक मत बनाएर आईतबारै अपरान्ह ३ बजेका लागी डाकिएको स्थायी समितीको बैठकमा प्रस्तुत हुने रणनीतिमा छलफलमा जुटेका थिए । तर, यसै बिच आईतबारका लागी डाकिएको स्थायी समिती बैठक समेत आगामी श्रावण ६ गते मंगलवारसम्मका लागी स्थगित भएको छ । असार १० गतेबाट शुरु भएको स्थायी समिती बैठक दुई अध्यक्ष बिच सहमती जुटाउने नाममा यो समेत अहिलेसम्म ५ पटक स्थगित भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here