“अरिजनल” र “नक्कल” को होइन, समाजको लागि सार्थक कुरा गर्ने हो । डाक्टर CK राउत

0
153

कोविड-१९ को महामारी केवल एउटा ‘शारिरीक रोग’ मात्रै हैन, अनेक आयाममा संघर्ष हो। मेडिकल आयाममा त संघर्ष जारी नै छ, ढिलो-चाँडो त्यसमा सफल हुने नै छौं, तर यो महामारीले गर्ने सामाजिक, मनोवैज्ञानिक, वैचारिक, आर्थिक र दार्शनिक क्षतिको घाऊ अपूरणीय हुनसक्छ। #SoundsOfSolidarity #UnitedWeFightCorona

यदि तपाईंले वैशाख २ गते विहान ७ बजे “#एकता_नाद” को ध्वनि सुन्नु भयो भन्ने ढुक्क हुनुहोस् तपाईंलाई चाहने मान्छे, तपाईंलाई ‘केयर’ गर्ने मान्छे, तपाईंलाई परेको बेलामा साथ दिन सक्ने मान्छे तपाईंको वरिपरि छन्। यदि तपाईंले सुन्न सक्नु भएन भने तपाईं आफैं ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल बजाउनोस्, शायद तपाईंको आशामा छिमेकमा कोही बसेका छन् कि ?

हप्तौं देखि
सड़कहरू सुनसान छन्,
जनता घर भित्रै बंद छन्,
चारैतिर नितान्त एक्लोपना छ,
छिमेकी प्रति अविश्वास छ, बोलचाल छैन,
विदेशबाट फर्केका आफ्नै मान्छे अस्वीकृत छन्,
घना बस्तीहरू श्मशान सरी शान्त छन्,
मानिसमा धर्म र विज्ञान प्रति चरम निराशा छ,
अस्पतालको गेटबाट विरामी फर्काइराखिएका छन्,
अरु नै विरामी भए पनि उसका लागि सबैद्वार बंद छन्,
आफ्नै नागरिक सीमामा छिर्न निषेध छ,
दैनिक मजदूरलाई के खाने भनेर पिरोलेको छ,
घरमा बंद वृद्ध मरेपछि पनि छरछिमेकले थाहा पाउला कि नपाउला भनेर सशंकित छन्,
सामाजिक प्राणी भनिने मानव आज अर्को व्यक्ति देख्ना साथ शंका, भय र अविश्वासले हेर्न विवश छन्, टाढ़ा भाग्छन्, छुन डराउँछन्।

दशकौं सैकडौं वर्ष पछि इतिहासले यस्तो घटना देख्दैछ।
यो विकराल अवस्थासँग लड़न केवल ‘मेडिकल उपचार’ पर्याप्त हुनेछैन।
जनतामा आशा र उत्साह हुनु जरूरी छ,
एक अर्का प्रति विश्वास हुनु जरूरी छ,
मानवता माथि भरोसा कायम रहनु जरूरी छ,
अनि मात्रै मानव समाज सम्हालिन सक्छ।

यदि समाजमा आशा, उत्साह र भरोसा कायम रहेन भने कोविड-१९ विरुद्ध औषधी पता लागेर पनि यो समाजलाई पुन: पहिलाको झैं सर्वांगीन स्वस्थ अवस्थामा पुर्‍याउन सकिन्न।

छोटो उदाहरणको लागि, कुनै महत्वपूर्ण ज्ञान वा समाधान दिने किताब तपाईंसँग छ, तर तपाईंमा आशा, उत्साह र भरोसा रहेन भने, तपाईंको घरमा त्यो किताब हुँदा हुँदै पनि तपाईं त्यो किताब पढनुहुन्न, तपाईंमा पढने जाँगर रहदैन, त्यो किताब पढ़नमा तपाईं सार र उद्देश्य देख्नसक्नुहुन्न।

त्यही भएर
लकडन, क्वारेन्टाइन, आइसोलेशन र अवसाद (डिप्रेशन) ले थलिएको मानव समाजमा,
घर-घरमा बंद एक्लिएका मानिसहरूको मष्तिष्कमा,
त्यही आशा, उत्साह र विश्वास संचार गर्न
“हामी एक्लिएका छैनौं, हामीले हिम्मत हारेका छैनौं” भनेर सबैमा जोश भर्न,
“ए छिमेकी हो! हामी पनि यता छँदै छौं है, चिन्ता नगर्नू” भनेर छरछिमेकमा पुन: विश्वास भर्न,
यो एकता नाद उद्घोष भएको हो।

वैशाख २ गते (जुड़शीतल/सिरुवा पर्वको दिन) विहान ७ बजे ७ मिनेटसम्म
ताली, थाली, शंख, घंटी, सिटी, ढ़ोल, मादल वा आफूसँग जे छ, त्यो बजाएर ‘एकता नाद’ सफल पारौं।
कोविड-१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी सबैलाई धन्यवाद पनि ज्ञापन गरौं।

नोट:
(१) “फलानो मान्छे दुई खुट्टामा हिँड्यो है, म त उसको नक्कल नगर्ने ! ” भनेर के तपाई हाथ जमीनमा राखेर चार-खुट्टामा हिँड्नुहुन्छ ?

(२) “फलानो मान्छे त शौचालयमा दिसा गर्छ है, म त उसको नक्कल नगर्ने !” भनेर के तपाईं आफ्नो ओछ्यानमै दिसा गर्नुहुन्छ ?

(३) अहिले मानौं कोविड-१९ को खोप कुनै देशले पता लगायो भने, के भन्नुहुन्छ ? हैन, हामीले उसको नक्कल गर्नु भएन, त्यो खोप त लगाउनुहुन्न ? नक्कल हुन्छ ?

त्यही भएर कुरा “अरिजनल” र “नक्कल” को होइन, समाजको लागि सार्थक कुरा गर्ने हो। सोच सकारात्मक राखौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here